फेसबुकबाट जरायोको सुकुटी खान आह्वान गर्ने पक्राउ « Khabarhub

फेसबुकबाट जरायोको सुकुटी खान आह्वान गर्ने पक्राउ


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संरक्षित बन्यजन्तु जरायोको सुकुटी खान फेसबुक मार्फत आह्वान गर्ने दाङका एक व्यक्तिलाई वन कार्यालयले पक्राउ गरेको छ ।

गढवा गाउँपालिका वडा नम्बर ६ का ३५ वर्षीय राज पुनलाई डिभिजन वन कार्यालयल देउखुरीको टोलीले पक्राउ गरेको हो ।

पुनले बिहीबार फेसबुकमा ‘लकडाउनको टाइम पास आजको नास्ता जरायोको सुकुटी, वेलकम माइ हाउस’ भनेर स्ट्याटस लेखेका थिए ।

सो लगत्तै डिभिजन वन कार्यालय देउखुरीमा सूचना पुगेपछि पुनलाई पक्राउ गरी अनुसन्धान थालिएको डिभिजन वन प्रमुख प्रविण बिडारीले जानकारी दिए ।

पक्राउ गरिएपछि फेसबुकबाट उक्त पोष्ट डिलिट गरेका उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कानूनी कारबाहीको प्रकृया अघि बढाइएको वन कार्यालय देउखुरीका प्रमुख बिडारीले बताए।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  १० : ३८ बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)