डोटीमा एक हजार ९९० जनाको कोरोना परीक्षण « Khabarhub

डोटीमा एक हजार ९९० जनाको कोरोना परीक्षण


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी – डोटीमा अहिलेसम्म एक हजार ९९० जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ ।

कोरोना परीक्षणपश्चात् सबैको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म ३३७ पीसीआर र एक हजार ६५३ र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) गरी कूल एक हजार ९९० जना स्थानीयवासीको कोरोना परीक्षण गरिएको हो ।

पीसीआर र र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गरिएका हालसम्मका सबै नागरिकको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

जिल्लामा शुक्रबार पनि ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण भए/नभएकोबारे जानकारी लिन र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको छ ।

जिल्लाको पूर्वीचौकी गाउँपालिकामा १७, बडीकेदारमा तीन, जोरायल गाउँपालिकामा दुई, सायल गाउँपालिकामा १६ र शैलेश्वरी अस्पताल दिपायलमा एकजना गरी कूल ३९ जनाको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोनाको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ का सम्पर्क व्यक्ति सूर्य विष्टले जानकारी दिए ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  १२ : ०१ बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)