डोटीमा एक हजार ९९० जनाको कोरोना परीक्षण | Khabarhub Khabarhub

डोटीमा एक हजार ९९० जनाको कोरोना परीक्षण


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी – डोटीमा अहिलेसम्म एक हजार ९९० जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ ।

कोरोना परीक्षणपश्चात् सबैको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म ३३७ पीसीआर र एक हजार ६५३ र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) गरी कूल एक हजार ९९० जना स्थानीयवासीको कोरोना परीक्षण गरिएको हो ।

पीसीआर र र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गरिएका हालसम्मका सबै नागरिकको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

जिल्लामा शुक्रबार पनि ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण भए/नभएकोबारे जानकारी लिन र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको छ ।

जिल्लाको पूर्वीचौकी गाउँपालिकामा १७, बडीकेदारमा तीन, जोरायल गाउँपालिकामा दुई, सायल गाउँपालिकामा १६ र शैलेश्वरी अस्पताल दिपायलमा एकजना गरी कूल ३९ जनाको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोनाको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ का सम्पर्क व्यक्ति सूर्य विष्टले जानकारी दिए ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  १२ : ०१ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक