धनगढीकी ३४ वर्षे महिलाको चौथो रिपोर्ट पनि पोजेटिभ « Khabarhub

धनगढीकी ३४ वर्षे महिलाको चौथो रिपोर्ट पनि पोजेटिभ


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा- सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको चौथो रिपोर्ट पोजेटिभ आएको छ।

धनगढी उपमहानगरपालिका ५ की ३४ वर्षीया महिलाको चौथो पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको हो।

गत चैत २२ गते कोरोना पुष्टि भएपछि उनको चार पटकसम्म परीक्षण भइसकेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार ती महिलाको शनिबार पुनः परीक्षण गरिनेछ। दुईपटक गरेपश्चात रिपोर्ट नेगेटिभ आएमा डिस्चार्ज गरिनेछ। उनीसँगै भर्ना भएका दुई जना कोरोना संक्रमित भने डिस्चार्ज भइसकेका छन्।

उनको अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेसमा मात्रै उपचार भइरहेको छ। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था भने सामान्य छ। ३४ वर्षीया ती महिलामा दुबईबाट आएका उनका ३४ वर्षकै देवरबाट कोरोना सरेको आशंका गरिएको छ।

उनका देवरसहित हालसम्म चारजना कोरोना संक्रमित निको भएर भएर घर फर्किएका छन्। लम्की चुहा नगरपालिकाका २१ वर्षीय युवक, धनगढी उप–महानगरपालिका ५ का ३४ वर्षीय युवक, लम्की चुहा नगरपालिका १ की ६१ वर्षीया महिला र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० वर्षीय पुरुष अस्पतालबाट डिस्चार्ज भइसकेका हुन्।

सुदूरपश्चिमका विभिन्न अस्पतालबाट एक सय ६ जना डिस्चार्ज भएका छन्। सेती प्रादेशिक अस्पतालबाट चार जना कोरोना संक्रमित र बाँकी सेती अस्पताललगायत विभिन्न अस्पतालबाट एक सय २ जना शंकास्पद गरी अहिलेसम्म एक सय ६ जना बिरामी डिस्चार्ज भएका हुन्।

सेती प्रादेशिक अस्पतालबाट अहिलेसम्म ३९ जना, बयलपाटा अस्पताल अछामबाट १४ जना, डडेल्धुरा अस्पतालबाट १२ जना र अछाम जिल्ला अस्पतालबाट १० जना डिस्चार्ज भएका छन्। महाकाली र डोटी अस्पतालबाट ६/६, बैतडी र बाजुरा अस्पतालबाट चारचार, भजनी अस्पतालबाट तीन, गोकुलेश्वर अस्पताल, बाजुरा अस्पताल र चौमला स्वास्थ्य चौकीबाट २/२ जना, टीकापुर र बझाङ अस्पताल तथा कोल्टी स्वास्थ्य चौकीबाट १/१ जना शंकास्पद बिरामीलाई डिस्चार्ज गरिएको जनाएको छ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  १ : ३१ बजे

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि