धनगढीकी ३४ वर्षे महिलाको चौथो रिपोर्ट पनि पोजेटिभ | Khabarhub Khabarhub

धनगढीकी ३४ वर्षे महिलाको चौथो रिपोर्ट पनि पोजेटिभ


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा- सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको चौथो रिपोर्ट पोजेटिभ आएको छ।

धनगढी उपमहानगरपालिका ५ की ३४ वर्षीया महिलाको चौथो पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको हो।

गत चैत २२ गते कोरोना पुष्टि भएपछि उनको चार पटकसम्म परीक्षण भइसकेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार ती महिलाको शनिबार पुनः परीक्षण गरिनेछ। दुईपटक गरेपश्चात रिपोर्ट नेगेटिभ आएमा डिस्चार्ज गरिनेछ। उनीसँगै भर्ना भएका दुई जना कोरोना संक्रमित भने डिस्चार्ज भइसकेका छन्।

उनको अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेसमा मात्रै उपचार भइरहेको छ। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था भने सामान्य छ। ३४ वर्षीया ती महिलामा दुबईबाट आएका उनका ३४ वर्षकै देवरबाट कोरोना सरेको आशंका गरिएको छ।

उनका देवरसहित हालसम्म चारजना कोरोना संक्रमित निको भएर भएर घर फर्किएका छन्। लम्की चुहा नगरपालिकाका २१ वर्षीय युवक, धनगढी उप–महानगरपालिका ५ का ३४ वर्षीय युवक, लम्की चुहा नगरपालिका १ की ६१ वर्षीया महिला र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० वर्षीय पुरुष अस्पतालबाट डिस्चार्ज भइसकेका हुन्।

सुदूरपश्चिमका विभिन्न अस्पतालबाट एक सय ६ जना डिस्चार्ज भएका छन्। सेती प्रादेशिक अस्पतालबाट चार जना कोरोना संक्रमित र बाँकी सेती अस्पताललगायत विभिन्न अस्पतालबाट एक सय २ जना शंकास्पद गरी अहिलेसम्म एक सय ६ जना बिरामी डिस्चार्ज भएका हुन्।

सेती प्रादेशिक अस्पतालबाट अहिलेसम्म ३९ जना, बयलपाटा अस्पताल अछामबाट १४ जना, डडेल्धुरा अस्पतालबाट १२ जना र अछाम जिल्ला अस्पतालबाट १० जना डिस्चार्ज भएका छन्। महाकाली र डोटी अस्पतालबाट ६/६, बैतडी र बाजुरा अस्पतालबाट चारचार, भजनी अस्पतालबाट तीन, गोकुलेश्वर अस्पताल, बाजुरा अस्पताल र चौमला स्वास्थ्य चौकीबाट २/२ जना, टीकापुर र बझाङ अस्पताल तथा कोल्टी स्वास्थ्य चौकीबाट १/१ जना शंकास्पद बिरामीलाई डिस्चार्ज गरिएको जनाएको छ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  १ : ३१ बजे

‘राजनीतिक स्थायित्वमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु नै साझा दायित्व’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व मार्फत सुशासन, सामाजिक न्याय

जसपाका फरार नेता यादवको आपत्तिजनक भनाइ- नेपालबाट मधेश एक दिन अलग हुन्छ, भारतले सघाउँछ

काठमाडौं- प्रहरीको खोजीमा रहेका जनता समाजवादी पार्टी (जसपा) का मधेश

गृहमन्त्रीलाई प्रभु साहको प्रश्न- तपाईँको कमान्डमा सुरक्षा निकाय छ कि छैन ?

काठमाडौं– प्रतिनिधिसभा सदस्य प्रभु साहले सुरक्षा निकायका सिपाहीहरूलाई घरेलु काममा

संसद्‍मा गोकुल बाँस्कोटाको आक्रोश- असार लागेपछि मल र मन्त्री हराउँछन् 

काठमाडौं- नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले किसानले मलखाध नपाएको भन्दै

रविको पक्षमा कलाकारको हस्ताक्षर : राष्ट्रका गहना दल विशेषको शिखण्डी बन्नु कति उचित ?

काठमाडौं – सहकारी ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति