साउदीमा कोरा हान्ने सजाय खारेज, विकल्पमा जेल वा जरिवाना « Khabarhub

साउदीमा कोरा हान्ने सजाय खारेज, विकल्पमा जेल वा जरिवाना


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- साउदी अरेबियामा कोरा हान्ने ‘छडीले हिर्काउने’सजाय खारेज भएको छ ।

कोरा हान्ने सजायलाई साउदीको सर्वोच्च अदालतले खारेज गरेको हो । अदालतले सरकारका नाममा जारी गरेको निर्देशनात्मक आदेशमा भनिएको छ, ‘कोरा हान्ने सजायको विकल्पमा जेल सजाय अथवा जरिवाना तिराउनुपर्छ।’

मुस्लिम राष्ट्र साउदी अरबमा सार्वजनिक स्थलमा विभिन्न घटनामा दोषीलाई कोराले हिर्काउने चलन छ। यस सजाय महिलामा पनि लागू छ। मानव अधिकारवादीहरुले कोराले हिर्काउने सजायले मानवअधिकारको उल्लंघन गरेको बताउँदै आएका थिए।

कोरा हान्ने सजाय खारेज गरिनुलाई साउदीका राजा सलमान र उनका छोरा राजकुमार मोहम्मद बिन सलमानको सुधारको कार्यक्रमको रुपमा हेरिएको छ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  १ : ५१ बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)