कोरोना संकटकाबीच ब्राजिलमा राजनीतिक संकट बढ्यो, कानूनमन्त्रीद्वारा राजीनामा | Khabarhub Khabarhub

कोरोना संकटकाबीच ब्राजिलमा राजनीतिक संकट बढ्यो, कानूनमन्त्रीद्वारा राजीनामा


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्राजिल- ब्राजिलका कानुन मन्त्री सेर्गियो मोरोले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रपति जैर बोल्सोनारोले केन्द्रिय प्रहरी प्रमुखलाई बर्खास्त गरेपछि त्यसप्रति असन्तुष्टि जनाउदै कानुन मन्त्रीले राजीनामा दिएका हुन् ।

कानुन मन्त्री मोरो पुर्व केन्द्रीय न्यायाधिश पनि हुन् । उनी भ्रष्टाचार विरोधी प्रभावशाली व्यक्तिका रुपमा पनि परिचित छन् ।

राष्ट्रपति बोल्सोनारोले राजनीतिक निरंकुशता बढाउदै लगेको र प्रहरी प्रमुखलाई बर्खास्त गरेको भन्दै उनले असन्तुष्टि जनाएको बताइएको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेका बेला ब्राजिलमा राजनीतिक सङ्कट पनि बढ्ने देखिएको छ ।

राष्ट्रपति बोल्सोनारोले यसअघि गत हप्ता तत्कालिन स्वास्थ्य मन्त्री लुइज हेनरिक मन्डेट्टालाई पनि बर्खास्त गरेका थिए ।

कोनोरा भाइरसको संक्रमण नियन्त्रणका लागि अपनाउने उपायका बारेमा आफ्नोभन्दा फरक मत राखेको भन्दै राष्ट्रपति बोल्सोनारोले तत्कालिन स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  २ : २१ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता