पाकिस्तान महिला क्रिकेट टीमकी पूर्व कप्तान मिरले गरिन् सन्यासको घोषणा « Khabarhub

पाकिस्तान महिला क्रिकेट टीमकी पूर्व कप्तान मिरले गरिन् सन्यासको घोषणा


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -पाकिस्तान महिला क्रिकेट टीमकी पूर्व कप्तान साना मिरले अन्तर्राष्ट्रिय खेल करियरबाट सन्यासको घोषणा गरेकी छन् ।

३४ वर्षीया मिरले शनिबार अन्तर्राष्ट्रिय क्रिकेट करियरलाई बिट मार्ने घोषणा गरेकी हुन्।

पाकिस्तानका लागि २ सय २६ अन्तरास्ट्रिय खेल खेलेकी उनले त्यसमध्ये १ सय ३७ खेलमा कप्तानी सम्हालेकी थिइन् ।

मिरले सन् २००५ मा पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गरेकि थिइन् ।

`पछिल्ला केही महिनादेखि यस बिषयमा सोच आइरहेका थिए। मैले सोचे मुभ अन गर्ने यहीँ समय ठिक हुनेछ । मलाई विश्वास छ मैले आफ्नो क्षमताले भ्यायसम्म देश र खेल लाई योगदान दिन सकेकी छु,´मिरलाई उदृत गर्दै पाकिस्तान क्रिकेट बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

`मेरो क्रिकेट यात्रामा मेरो मित्रता बलियो बनेको छ। निकै विश्वका प्रतिभावान महिला क्रिकेटलाई भेट्न पाए। उनीहरुका कथा र दर्शन सुन्दा मलाई बलियो खेलाडी मात्रै बनाएन जीवनमा धेरै कुरा सिक्न पनि पाए। जुन तपाईं भित्रभन्दा फरक अथवा खेलमा जीत हुँदा वा हार्दा पनि काम लाग्ने,´ मिरले आफ्नो अनुभव सुनाउँदै भनेकि छन्।

कुनै समय मिर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को विश्व वरियताको शीर्ष स्थानसम्म पुग्न सफल भएकी थिइन । तर, उक्त वरियता विभिन्न कारणले विवादमा परेको विषयलाई पनि उनले खेल जीवनको पार्टोका रुपमा व्याख्या गरेकी छन् । मिर विश्व खेलकुदमा महिलाका लागि राम्रो उदाहरण रहेको आईसीसीले बताएको छ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ३ : ३६ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण