बन्दाबन्दीमा उत्पादन र निर्माण रोक्न हुँदैन : मुख्यमन्त्री गुरुङ « Khabarhub

बन्दाबन्दीमा उत्पादन र निर्माण रोक्न हुँदैन : मुख्यमन्त्री गुरुङ


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड–१९ को जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच उत्पादन र निर्माणलाई रोक्न नहुने बताउनुभएको छ ।

प्रदेश सरकारले कोरोनाको जोखिम हुन नदिन गरेका काम एवं जारी बन्दाबन्दीका सन्दर्भमा आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले उत्पादन र निर्माण प्रभावित बन्दा सर्वसाधारणको दैनिकीका साथै मुलुकको अर्थतन्त्रमा असर पुग्ने देखिएकाले यसलाई सँगसँगै अघि बढाउन जोड दिए ।

उत्पादन र निर्माण ठप्प हुँदा जनजीवन थप असहज जस्तो बनिरहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले बन्दाबन्दी जारी रहेका अवस्थामा उत्पादन र निर्माणको कार्यलाई सुरक्षित तवरले अघि बढाउने सोच राखेको जानकारी दिए ।

औपचारिक अर्थतन्त्रलाई बलियो नबनाएसम्म राज्य बलियो नहुने बताउँदै उनले सङ्घ, प्रदेश र स्थानीय तहबाट सञ्चालित विकास निर्माणका कार्य अघि बढ्ने र मजदुरको दैनिकीमा पनि राहत मिल्ने विश्वास व्यक्त गरे ।

कोरोना भाइरसको जोखिमलाई अवसरका रुपमा लिनुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले भने , “मुलुकमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता यतिखेर पुष्टि भएको छ ।”

गण्डकी प्रदेशका प्रत्येक जिल्ला अस्पतालमा विशिष्ट सेवा प्रदान गर्ने लक्ष्यका साथ भौतिक निर्माण एवं आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था गरिने तयारी भइरहेको जानकारी दिँदै उनले हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा दुई/दुई र अन्य नौ जिल्लामा पाँच श्ययाको आकस्मिक कक्ष निर्माण गरिने जानकारी दिए ।

प्रदेशको बागलुङ जिल्लामा देखिएका दुईजना कोरोना सङ्क्रमित धौलागिरि अञ्चल अस्पतालबाट उपचार गरी निको भएर घर फिर्ता भइसकेको बताउँदै मुख्यमन्त्री गुरुङले अन्य सङ्क्रमित नभए पनि बाहिरी जिल्लाबाट आउने व्यक्तिबाट रोग सर्न सक्ने भएका कारण प्रत्येक व्यक्ति सचेत हुनुपर्नेमा जोड दिए।

कोरोना भाइरसको रोगथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकार, स्वास्थ्यकर्मी सम्पूर्ण क्षमताका साथ लागेका कारण सफलता प्राप्त भएको स्पष्ट पार्दै उनले सङ्क्रमण रोगथाम तथा नियन्त्रणका लागि आवश्यक लगानी र जनशक्ति व्यवस्था गरिने बताए ।

गण्डकी प्रदेशमा हालसम्म बाहिरबाट आएका ४७ हजारजनाको पिसिआर, आरडिटी परीक्षणमा नेगेटिभ देखिएको बताउँदैउहाँले प्रदेश सरकारले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना डेडिकेटेड अस्पतालका रुपमा विकास गरी १० श्ययाको आइसियु कक्ष सञ्चालन गरेको बताउँदै मुख्यमन्त्री गुरुङले लेखनाथ लायन्स सामुदायिक अस्पताललाई सरुवारोग नियन्त्रण अस्पतालका रुपमा विकास गर्ने तयारी भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ३ : ५७ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन