कोरोनाको जोखिमविरुद्ध नेपालको सुधार, अति उच्च जोखिमबाट उच्च जोखिमको सूचीमा « Khabarhub

कोरोनाको जोखिमविरुद्ध नेपालको सुधार, अति उच्च जोखिमबाट उच्च जोखिमको सूचीमा


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)को अति उच्च जोखिम क्षेत्रको सूची ‘लेभल ४’ बाट हटाएर उच्च जोखिमको सूची ‘लेभल ३’मा झारेको छ।

कोरोना नियन्त्रणमा नेपालको सक्रियता र नतिजाको आधारमा जोखिम सूचीमा सुधार भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

‘हामी पहिले लेभल ४ अर्थात् अति उच्च जोखिमको सूचीमा थियौं’ उनले भने, ‘तर त्यसलाई हामीले सुधार गर्‍यौं। अहिले लेभल ३ मा झरेका छौं ।’

सार्क मुलुकका भारत, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स लेभल ३ मा रहेको उनले बताए । तर पाकिस्तान अहिले पनि लेभल ४ र अफगानिस्तान अहिले पनि लेभल ५ मा रहेको महानिर्देशक श्रेष्ठले बताए ।

नेपालले पछिल्लो समय पीसीआर र आरडीटीको दायरा ह्वात्तै बढाएको, संक्रमण रोक्न लकडाउनलाई कडाईका साथ लागू गरेको, आइसोलेसन वार्ड बढाएको, क्वारेन्टाइन गर्ने कार्य स्थानीय तहले कडाईका साथ लागू गरेको कार्यको मुल्याकंन गरी नेपालको अवस्था दुई महिना अघिको तुलनामा सुधार भएको महानिर्देशक श्रेष्ठको भनाइ छ।

नेपालमा अहिलेसम्म कोरोनाबाट ४९ जना संक्रमित भएका छन् । तीमध्ये ११ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ४ : ३३ बजे

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कांग्रेसको १५औं महाधिवेशनपछि यस्तो देखियो खुलामञ्चको घाँसे मैदान (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजना गरिएको खुलामञ्चको घाँसे

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

काठमाडौं– नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई