लकडाउनका समयमा काठमाडौं महानगरबाट ४ सय २५ लाई नि: शुल्क एम्बुलेन्स « Khabarhub

लकडाउनका समयमा काठमाडौं महानगरबाट ४ सय २५ लाई नि: शुल्क एम्बुलेन्स


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लकडाउन अवधिभर हृदयघात, मृगौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाले सेवा सुरु गरेदेखि आजसम्म ४ सय २५ बढीलाई सेवा दिएको छ ।

‘हामीले बैशाख २ गतेबाट सेवा सुरु गरेका हौँ,’ एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) का अध्यक्ष गणेश सापकोटाले भने, ‘आजसम्म ४ सय २५ बढीलाई निशुल्क सेवा दिएका छौँ । मुख्य गरेर डाइलोसिस गर्नुपर्ने विरामीलाई हामीले अस्पतालसम्म लैजाने र डाइलोसि गरिसकेपछि घरसम्म छाड्ने गरेका छौँ । यसरी दुईतर्फी सेवा जोड्ने हो भने झण्डै डबल हुन्छ ।’

डाइलोसि गर्नुपर्ने विरामी, मुटुरोगी, सुत्केरी व्यथा लागेकालगायतका विरामीलाई प्राथमिकतामा राखेर सेवा दिने गरेको बताउँदै सापकोटाले अहिलेसम्म सेवा लिएका मध्ये ९० प्रतिशत विरामी डाइलोसिसका भएको जानकारी दिए ।

‘डाइलोसि गर्नुपर्ने विरामी, मुटुरोगी, सुत्केरी व्यथा लागेकालगायतका विरामीलाई प्राथमिकतामा राखेर सेवा दिने गरेका छौँ । सम्झौता अनुसार हाम्रो कार्यक्षेत्र काठमाडौँ महानगरपालिका भित्र मात्रै हो,’ उनले भने ‘विरामीको प्राथमिकता हेरेर काठमाडौँ महानगरपालिका बाहिरका पनि केही बिरामीलाई पनि निशुल्क सेवा दिएका छौँ ।’

महानगरपालिका क्षेत्र बाहिर र उपत्यका बाहिरबाट पनि दैनिक पचास बढीले सेवाका लागि फोन गर्ने गरेको उनले बताए ।

‘बढी मात्रामा विरामीलाई वीर अस्पताल, टिचिङ अस्पताल, बालाजुको इाइलोसिस सेन्टरलगायतमा लैजाने गरेका छौँ,’ उनले भने ‘डाइलोसिसका केही विरामीलाई महानगरपालिका क्षेत्र बाहिरसम्म पनि लैजानु पर्ने हुन्छ । छिमेकी नगरपालिकाका बासिन्दालाई पनि हामीले सकेसम्म सेवा दिएका छौँ । तर, पहिलो प्राथमिकता भने काठमाडौँ महानगरपालिका नै हो ।’ उनले कतिपय अवस्थामा सामान्य विरामीले समेत सेवा माग्ने गरेको गुनासो पनि गरे ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले लकडाउनको अवधिमा हृदयघात, मृगौला रोगीलगायतका महानगरबासीहरुलाई निशुल्क रुपमा आकस्मिक एम्बुलेन्स सेवा दिने उदेश्यले नै संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) सँग सम्झौता गरेको भन्दै गरी लकडाउन अवधिभर २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाएको जानकारी दिए ।

उनले अहिले पाँच ओटा एम्वुलेन्सले आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन निशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराएको जानकारी दिए ।

लकडाउनको अवधिमा महानगरमा बसोवास गर्ने त्यस्ता विरामीलाई सार्वजनिक यातायातको सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन समस्या भए काठमाडौँ महानगरपालिकाले हटलाइन नम्वर ११८० मा सम्र्पक गर्न पनि उनले आग्रह गरे ।

काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमणको सम्भावना भएका विरामी अस्पतालसम्म लैजान समस्या भएको अवस्थामा उनीहरुलाई सेवा दिनका लागि काठमाडौँ महानगरपालिकाकै सहकार्यमा सञ्चालिन नेपाल एम्बुलेन्स सेवालाई यस अघि नै तयारी अवस्थामा राखेको छ । उक्त सेवा लिनका लागि १०२ नं. मा सम्पर्क गर्न सकिने छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ८ : ३२ बजे

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र