विश्वभर १ लाख ९७ हजार भन्दा बढीको मृत्यु, कुहाँ कतिले गुमाए ज्यान ? « Khabarhub

विश्वभर १ लाख ९७ हजार भन्दा बढीको मृत्यु, कुहाँ कतिले गुमाए ज्यान ?


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९७ हजारभन्दा बढीको मृत्यु भएको छ भने २८ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार शनिबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा विगत २४ घण्टाको अवधिमा १ हजार ९५९ जनाको मृत्यु भएको छ । यो सहित अमेरिकामा सबैभन्दा बढी ५२ हजार २१७ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकहरुमध्ये इटालीमा २५ हजार ९६९ जना, स्पेनमा २२ हजार ५२४ जना, फ्रान्समा २२ हजार २४५, बेलायतमा १९ हजार ५०६ जना, बेल्जियममा ६ हजार ६७९ जना, जर्मनीमा ५ हजार ७६० जना, नेदरल्यान्ड्समा ४ हजार २८९ जना, स्वीडेनमा २ हजार १५२ जना, स्वीट्जरल्यान्डमा १ हजार ५८९ जना, रसियामा ६१५ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा ५ हजार ५७४ जना, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा ३ हजार ७०४ जना, मेक्सिकोमा १ हजार २२१ जना, भारतमा ७७५, इन्डोनेसियामा ६८९ जना, इक्वेडरमा ५७६ जनाको मृत्यु भएको छ ।

कोरोनामहामारीको पछिल्लो स्थिति

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ५ : २३ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता