कोरोनाको केन्द्रबिन्दु बनेको उदयपुरमा ७३ जनाको रिपोर्ट नेगेटिभ, पाँचको बाँकी « Khabarhub

कोरोनाको केन्द्रबिन्दु बनेको उदयपुरमा ७३ जनाको रिपोर्ट नेगेटिभ, पाँचको बाँकी


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- कोरोना सङ्क्रमणको केन्द्र बिन्दु बनेको उदयपुरको त्रियुगा नगपालिका– ३ भुल्केसहित जिल्लाका आठ खतरायुक्त स्थानमध्ये दुई स्थान चौदण्डी नगरपालिकाको सिवाइ र त्रियुगा नगरपालिकाको मोतीगडाको नमूना स्वाब सङ्कलनमा ७८ जनामध्ये ७३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने बाँकी पाँचको आउन बाँकी छ ।

स्वास्थ्य कार्यालयका अनुसार तीन दिनअघि मात्र प्रदेश नं १ जनस्वास्थ्य प्रयोगशाला विभागबाट प्रदेशका सामाजिक विकासमन्त्री जीवकुमार घिमिरेको प्रत्यक्ष उपस्थितिमा उदयपुरको चौदण्डी नगरपालिकाको सिवाइमा ५८ जना र त्रियुगा नगरपालिकाको मोतीगडमा २० जना व्यक्तिको नमूना स्वाब सङ्कलन गरेर परीक्षणका लागि विराटनगर लगिएको थियो ।

आज बिहानसम्मको रिपोर्टअनुसार दुवै क्षेत्रका ७८ व्यक्तिमध्ये ७३ को रिपोर्ट नेगेटिभ आएको र बाँकी पाँच जनाको आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए ।

बाँकी पाँच जनाको पनि रिपोर्ट नेगेटिभ नै आउन सक्ने अवस्था रहेका कारण अब उदयपुरको सिवाइ र मोतीगडा खतरायुक्त स्थानमा राखिएको भए पनि सो दुई स्थानको अवस्था सामान्यतिर गएको प्रमुख सुवेदीले बताए ।

भुल्केसहित जिल्लामा आठ स्थान कोरोनाको खतरायुक्त स्थानका रुपमा राखिएकामा अब सिवाइ र मोतीगडा क्षेत्रमा खतरा अवस्था नरहेको रिपोर्टले देखाएको पनि स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले बताए ।

अब जिल्लाको त्रियुगाको मोथ्याइ, खैजनपुर, जोगिदह देउरी र जलजलेसहितका स्थान खतरायुक्त सूचीमा राखिएका कारण सो स्थानमा स्वाब नमूना सङ्कलन गर्ने तयारी गरिएको पनि स्वास्थ्य कार्यलयले बताएको छ ।

भुल्केमा मात्र २८ जनामा कोरोना सङ्क्रमणको अवस्था भेटिएपछि भुल्केका स्थानीयसँगै आवतजावत गर्ने स्थान मोतीगडा, सिवाइ, मोथ्याइ, जोगीदह, देउरी र जलजले क्षेत्रलाई स्वास्थ्य कार्यालयले खतरायुक्त स्थानको सूचीमा राखेको जनाएको छ ।

अहिले पनि भुल्केसहित जिल्लाका यी स्थानमा दैनिक प्रहरी तथा सुरक्षाकर्मीले रेखदेख गर्ने र निगरानीमा राखेर स्थानीयवासीलाई अन्यत्र हिँडडुल गर्न नदिएको तथा अन्यत्रबाट पनि यी स्थानमा प्रवेशमा रोक लगाइएको प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ६ : ५१ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न