दैलेखमा ७२२ जनाको र्‍यापिड टेष्ट रिपोर्ट नेगेटिभ « Khabarhub

दैलेखमा ७२२ जनाको र्‍यापिड टेष्ट रिपोर्ट नेगेटिभ


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- महाबु गाउँपालिकामा एकै दिन ४४ जनाको र्‍यापिड डायग्नोष्टिक टेष्ट(आरडिटी) पद्धतिबाट कोरोना जाँच गरिएको छ ।

सबैको रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट गाउँपालिकामा आएका ४३ र संयुक्त अरब इमिरेट्सको दुबईबाट आएका एक जनाको स्वास्थ्य जाँच गरिएको हो ।

स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन तर्कबहादुर भण्डारीको नेतृत्वमा गएको टोलीले कोरोना जाँच गरेको थियो । महाबु –५ वडाका गरीब, असहाय र विपन्न वर्गका एक हजार १२१ घरपरिवारलाई राहत वितरण गरिएको गाउँपालिका सूचना अधिकारी टीका रोकायले बताए ।

दैलेखमा भारतबाट आएका व्यक्ति एक हजार पाँच सयभन्दा बढी भएपछि आरडिटी अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाइएको छ ।

आजसम्म दैलेखमा ७२२ जनाको कोरोना परीक्षण गरिँदा रिपोर्ट नेगेटिभ आएको तथा नौ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी थिरप्रसाद रेग्मीले जानकारी दिए । सरकारले लकडाउनको घोषणा गरेको भए पनि पैदल यात्रा गरेर सीमावर्ती क्षेत्रबाट दैलेख सदरमुकाम आउनेको सङ्ख्या पनि बढिरहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ८ : ४० बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न