कोरोनाभाइरस : देशभर आधा लाख नमूना परीक्षण | Khabarhub Khabarhub

कोरोनाभाइरस : देशभर आधा लाख नमूना परीक्षण


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले हालसम्म कूल ४९ हजार ३३६ बराबरको परीक्षण गरेकोे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पिसिआर परीक्षण सङ्ख्या नौ हजार ६६६ रहेको छ भने र्‍यापिड डायग्नेस्टिक टेस्ट प्रविधिबाट गरिएको परीक्षण ३९ हजार ६७० पुगेको छ ।

त्यस आधारमा कूल परीक्षण ४९ हजार ३३६ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा मात्रै थप एक हजार ९४५ नमूना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार प्रदेश नं १ मा कूल चार हजार १६० परीक्षण गरिएको छ ।

प्रदेश नं २ मा कूल पाँच हजार ४४, वाग्मती प्रदेशमा कूल सात हजार ४६७ परीक्षण गरिएको छ । त्यस्तै गण्डकी प्रदेशमा कूल चार हजार ८७१, प्रदेश नं ५ मा दुई हजार ९५०, कर्णाली प्रदेशमा चार हजार ९७४ र सुदूरपश्चिम प्रदेशमा कूल १० हजार २०४ नमूना परीक्षण गरिएको छ ।

हालसम्म कूल १४ हजार ७३१ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै कूल ८७ जना आइसोलेशनमा रहेका छन् ।

तीमध्ये काठमाडौँमा तीन र बाहिर ८४ रहेका छन् । पछिल्लो २४ घण्टामा मन्त्रालयले स्थापना गरेको कल सेन्टरमा कूल एक हजार ९०० जनाले फोन सम्पर्क गरेका थिए । उक्त फोन सम्पर्कलाई सम्बन्धित चिकित्सकले आवश्यक समाधान गरेको प्रवक्ता डा देवकोटाले जानकारी दिए ।

हालसम्म मन्त्रालयले सञ्चालनमा ल्याएको मोबाइल एपमा कूल २५ हजार ९०६ जनाले मूल्याङ्कन फाराम भरेकामा तीन जनाको अवस्था जोखिमपूर्ण देखिएकाले ट्रेसिङ गर्ने कार्य जारी रहेको छ ।

हालसम्म कूल रेड जोनमा भने २९० जना रहेका छन् । शुक्रबार साँझ झापाको दमकका एक ६५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ फेला परेको थियो ।

गत चैत ४ गते दुबईबाट नेपाल आएका ती पुरुषको छोरासहितको परीक्षण गर्दा ६५ वर्षीय पुरुषमा कोरोनाको सङ्क्रमण देखिएको थियो ।

यस्तै धौलागिरि अस्पतालले शुक्रबार साँझ नै एक कोरोना सङ्क्रमित युवतीलाई घर पठाइएको थियो भने भरतपुरमा उपचाररत २७ वर्षीय पुरुषको पनि घर पठाउने तयारी गरिएको छ ।

हालसम्म देशभर कूल ४९ जना कोरोना सङ्क्रमित देखिएकामा १२ निको भएर घर फर्किसकेका छन् ।

हाल धनगढीमा एक, वीरगञ्जमा पाँच भरतपुरमा एक विराटनगरमा ३० जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । उपचारमा रहेकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता डा देवकोटाले जानकारी दिए ।

सो अवसरमा गर्मी बढ्दै गएको अवस्थामा औलो रोगको जोखिम बढ्न जाने अवस्था रहेकाले त्यसबाट पनि सुरक्षित रहनसमेत मन्त्रालयले आम जनसमुदायमा आग्रह गरेको छ ।

आज संसारभर नै विश्व औलो दिवस मनाइएको छ । यस वर्षको औलो दिवसको नारा ‘आफैँबाट शुरु गरौँ, औलोलाई शुन्य बनाऔँ’ रहेको छ । संसारभर नै प्रतिदुई मिनेटमा औलाका कारण एक जनाको ज्यान जाने गरेको छ ।

लामखुट्टेको टोकाइबाट औलो सर्ने भएकाले घर वरपर विशेष स्वास्थ्य सफाइ गर्नसमेत सो अवसरमा प्रवक्ता डा देवकोटाले आग्रह गरे ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  १० : ३८ बजे

मेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१