प्रधानमन्त्रीको सक्रियता बढ्यो, प्रचण्डसहितका चार नेतासँग छुट्टाछुट्टै वार्ता | Khabarhub Khabarhub

प्रधानमन्त्रीको सक्रियता बढ्यो, प्रचण्डसहितका चार नेतासँग छुट्टाछुट्टै वार्ता


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चर्को आलोचनापछि सोमबार जारी गरिएका अध्यादेश शुक्रवार फिर्ता लिएसँगै प्रधानमन्त्री कपी शर्मा ओलीले राजनीतिक सक्रियता बढाएका छन् ।

प्रधानमन्त्री ओलीले शनिवार(आज) पार्टी सचिवालयका नेताहरुसँग भेटघाट गरेका छन् ।

नेकपाका अध्यक्षसमेत रहेका ओलीले आज अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल, वामदेव गौतम तथा महासचिव विष्णु पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गरेको नेकपा स्रोतले जानकारी दियो. ।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रमसहित लकडाउन लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले शुक्रवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए ।

राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश ल्याउने निर्णय गरेसँगै प्रधानमन्त्री ओलीको चौतफी आलोचना भएको थियो ।

नेकपाका शीर्ष नेताहरुले नै अध्यादेश फिर्ता लिन आग्रह गरेका थिए भने स्थायी समितिका २० नेताले दुई अध्यक्षलाई सम्बोधन गर्दै बैठक बसाल्न माग गरेका थिए ।

त्यस्तै भैसेपाटीमा नेकपाका सचिवालय सदस्यहरुको छुट्टै बैठकसमेत बसेको थियो । जसमा प्रचण्ड, नेपाल, गौतम, पौडेल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको उपस्थिति रहेको थियो । बैठकले अध्यादेश फिर्ता गर्नुपर्ने निष्कर्ष निकालेसँगै नेकपामा विवाद थप चर्किएको थियो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलहरुले अध्यादेश फिर्ता लिन दवाब दिएका थिए । त्यसपछि सरकारले शुक्रवार नै अध्यादेश फिर्ता लिने निर्णय गर्दै राष्ट्रपतिलाई सिफारिस गरेको थियो । र राष्ट्रपतिले पनि अध्यादेश फिर्ता गरेकी छिन् ।

अध्यादेश फिर्ता भएको भएपनि नेकपा भित्रको विवाद भने मिलेको छैन ।

प्रचण्ड नेपालसमूहले स्थायी कमिटी बैठक बोलाउन जोड गरिरहेका छन् । तर प्रधानमन्त्री ओली भने तत्काल बैठक बोलाउने पक्षमा देखिएका छैनन् ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ९ : ०० बजे

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने