जगदम्बा मोटर्स–टीभीएसको फेसबुक पेजमा सेलिब्रेटीसँग कुराकानी | Khabarhub Khabarhub

जगदम्बा मोटर्स–टीभीएसको फेसबुक पेजमा सेलिब्रेटीसँग कुराकानी


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलन विश्वका अधिकांश देशमा लकडाउन छ । लकडाउनमा कसले के गरिरहेको छ भन्ने चासो सामाजिक सञ्जालमा सबैले व्यक्त गर्नेगरेका छन् । त्यसमा पनि सेलिब्रेटीले अहिले के गरिरहेका छन् भन्ने चासो राख्नु स्वभाविक पनि हो ।

यीनै सेलिब्रेटीले लकडाउनमा गरेका कामको जानकारी गराउन जगदम्बा मोटर्स–टीभीएसको फेसबुक पेज बनाएको छ । जहाँ नायक प्रदीप खड्का र नायिका स्वस्तिमा खड्काले कुराकानी गर्नेछन् । साँझ ६ बजे यी नायक र नायिकाले प्रत्यक्ष रुपमा कुराकानी गर्ने छन् । उनीहरुसँग प्रत्यक्ष रुपमा कुराकानी गर्न पनि सकिन्छ ।

नायक प्रदीप खड्का र नायिका स्वस्तिमा खड्का टीभीएस एनटर्क स्कुटरका ब्रान्ड एम्बेसडर हुन् । नेपालमा टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले उनीहरुलाई गत भदौ महिना देखि सो स्कुटरको ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेको थियो ।

टीभीएस एनटर्क १२५ विशेष प्रविधियुक्त प्लेटफर्ममा निर्मित नेपालकै पहिलो कनेक्टेड स्कुटर रहेको बताइएको छ ।यसमा स्टेट–अफ–आर्ट सीभीटिआई आरईभीभी–३ भल्भ इन्जिन रहेको छ ।

विशेषतः युवा राइडरलाई लक्षित गरि डिजाइन गरिएको यो स्कुटर टीभीएस रेसिङ प्लेटफर्ममा आधारित छ । स्कुटरमा १ सय २५ सीसी क्षमताको थ्री भल्व इन्जिन जडान गरिएको छ । जसले उच्चतम पावर तथा टर्क दिई यात्रामा सहजता दिलाउँछ । यसले ७ हजार ५ सय आरपीएममा ९ दशमलव ४ पीएस पावर र ५ हजार ५ सय आरपीएममा १० दशमलव ५ एनएम टर्क उत्पादन गर्छ । यो स्कुटरले टीभीएस बाइककै झल्को दिने स्मुथ आवाज निकाल्छ ।

१ सय २५ सीसीको यो स्कुटरमा ३० भन्दा बढी नयाँ फिचर्स समावेश गरिएको छ । अन्य ब्रान्डका प्रतिस्पर्धी स्कुटरको तुलनामा एनटर्कको लुक्स तथा स्टाइल पृथक छ ।

एनटर्क नेपालमा उपलब्ध पहिलो स्पोर्टी स्मार्ट स्कुटर हो । जसलाई प्रयोग गर्ने राइडरले बिल्कुलै आरामदायी अनुभव बटुल्न सक्नेछन् । महिला–पुरुष दुवैजनाले चलाउन मिल्ने गरी यसको डिजाइन गरिएको छ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ७ : ११ बजे

यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

काठमाडौं– यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई लागू गर्न निर्देशन

काठमाडौं–  निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा

सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर : देउवा

वीरगञ्ज– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयता कार्यान्वयनपछि

जनप्रगतिशील मञ्च अष्ट्रेलियाको सहयोगमा छात्रवृत्ति वितरण

झापा- नेकपा माओवादी केन्द्रनिकट जनप्रगतिशील मञ्च अस्ट्रेलियाले विपन्न परिवारका छात्रछात्रालाई