कोरोना संक्रमण निको भएर फर्किए भरतपुरका २७ वर्षीय पुरुष « Khabarhub

कोरोना संक्रमण निको भएर फर्किए भरतपुरका २७ वर्षीय पुरुष


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालको आइसोलेसनमा रहेका एक पुरुषको कोरोना भाइरसको परीक्षणका क्रममा पुनःनेगेटिभ देखिएपछि आज घर पठाइएको छ ।

अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी २७ वर्षीय पुरुषलाई घर पठाइएको छ ।

र्या‍पिट डाइग्नोष्टिक टेष्टका क्रममा राप्ती नगरपालिका–८ की ६३ वर्षीया महिलामा शङ्कास्पद देखिएपछि उनीसहित उनका दुई छोराको पिसिआर परीक्षण गरिएको थियो ।

पिसिआर परीक्षणका क्रममा आमा र २७ वर्षीय छोरामा कोरोना सङ्क्रमण देखिएको थियो । अर्का छोराको भने रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा राखेर फर्काइएको थियो ।

सङ्क्रमण देखिएपछि उनीहरुलाई भरतपुर अस्पतालमा राखी उपचार गरिएको थियो । उपचारका क्रममा पुनःपरीक्षण गर्दा उनमा सङ्क्रमण नभेटिएपछि २४ घण्टापछि पुनःपरीक्षण गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए । तिवारीका अनुसार दुवै परीक्षणमा सङ्क्रमण नदेखिएपछि आज घर पठाइएको हो । घर पठाइएपछि पनि एक हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।

आमाको उपचार भइरहेकाले उनी अस्पतालकै क्वारेन्टाइनमा बसेर आमाको रेखदेख गर्ने बताइएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए । सङ्क्रमितले आफ््नो मनोबल उच्च राखेका कारण छिटो निको भएको उनले बताए ।

उनीहरु गत चैत ३ गते बेलायतबाट हङ्कङ नेपाल हुँदै आएका थिए । काठमाडौँको दुई दिनको बसाइपछि ५ गते चितवन आएका थिए । उनीहरुलाई वैशाख ३ गते ¥यापिट डाइग्नोष्टिक टेष्टका क्रममा शङ्कास्पद देखिएपछि अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याएर स्वाब परीक्षणका क्रममा वैशाख ५ गते सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ९ : २५ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन