कोरोना संक्रमणका कारण बेलायतमा ३१ जना नेपालीको मृत्यु | Khabarhub Khabarhub

कोरोना संक्रमणका कारण बेलायतमा ३१ जना नेपालीको मृत्यु


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत- बेलायतमा कोरोनाका कारण ३१ जना नेपालीको ज्यान गएको छ ।

लण्डनस्थित दूतावासका अनुसार शनिवारसम्मको तथ्यांक अनुसार ३१ नेपालीले बेलायतमा ज्यान गुमाएका हुन् ।

लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरणले बेलायतमा आज शनिबारसम्म ३१ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको बताए ।

कोरोनाबाट मृत्यु भएका नेपालीमध्ये गोरखा भूतपूर्व सैनिकहरुको संख्या बढी रहेको छ। दूतावासका अनुसार ३१ जनामध्ये २३ जना गोरखा भूतपूर्व सैनिकहरु छन्। त्यस्तै मृत्यु भएकामध्ये २९ जना पुरुष र २ जना महिला छन्।

कोरोनाबाट मृत्यु हुनेमा नेपालीमा सबैभन्दा बढी उमेर ९५ वर्ष र कम उमेर ३२ वर्ष रहेको छ ।

शनिबारसम्म बेलायतमा कोरोनाबाट बीस हजार ३१९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ४८ हजार ३७७ पुगेको छ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ९ : ५७ बजे

एमालेले सिन्धुपाल्चोकका दुई पालिकामा छान्यो नयाँ नेतृत्व

सिन्धुपाल्चोक- नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा नयाँ नेतृत्व छानेको छ

धोविखोला करिडोरका संरचनामा प्राधिकरणले चलायो डोजर 

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका

प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो

बैतडी– यहाँ जारी प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत

ओली र महासचिव पोखरेलमाथि खनिँदै रावलले भने- निरंकुशता गाड्ने खाल्डो झापा र दाङमा तयार भइसक्यो

धनगढी- नेकपा एमालेबाट साधारण सदस्यसमेत नरहने गरि कारबाहीमा परेका पूर्वउपाध्यक्ष

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

सिमकोट– हुम्लाको दक्षिण भेगमा पर्ने चङ्खेली गाउँपालिकामा आज बिहान ट्र्याक्टर