गड्डाचौकी नाकामा अलपत्र नेपालीको उद्धार गर्ने प्रशासनको निर्णय « Khabarhub

गड्डाचौकी नाकामा अलपत्र नेपालीको उद्धार गर्ने प्रशासनको निर्णय


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको स्थानीय प्रशासनले आजदेखि गड्डाचौकी नाकाबाट भारतीय बजारमा अलपत्र रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको छ ।

आइतबार जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका अन्य नाका पूर्णरूपमा बन्द गरी गड्डाचौकीबाट स्वास्थ्य परीक्षण गरेर जिल्लामा आउन दिने निर्णय गरेको हो ।

यसअघि गत चैत ९ गतेसम्म गड्डाचौकी नाकाबाट भारतका विभिन्न शहरबाट करिब ७० हजार नागरिक भित्रिएका थिए ।

नेपाल–भारत सीमा सिल गर्नुका साथै लकडाउन थालिएयता कञ्चनपुरको दोधारा चाँदनी, ब्रह्मदेव, बेलौरी र पुर्नवासलगायतका क्षेत्रमा लुकीछिपी आउने क्रम रोकिएको छैन ।

‘दशगजामा आएर नेपाली अलपत्र पर्न थालेपछि व्यवस्थित तवरले उद्धार गरी ल्याउन गड्डाचौकी नाकाबाट आउन लिने निर्णय गरिएको हो’, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भने, ‘गड्डाचौकीमा स्वास्थ्य जाँचदेखि आवागमन व्यवस्थित बनाउन तयारी गरिएको छ ।’

बिहानैदेखि सेना र स्वास्थ्यकर्मीको चिकित्सकसहितको टोलीले स्वास्थ्य जाँच गर्नुका साथै सशस्त्र र नेपाल प्रहरीले लाइन व्यवस्थापन लगायतका काममा खटिने तयारी प्रशासनले गरेको जनाएको छ ।

भारतमा रेल सुचारू भएसँगै नाकामा नेपाली अलपत्र पर्ने क्रम केही दिनयता बढ्दै गएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ८ : ०१ बजे

सरकारले १५ जना अवैतनिक दूतहरूलाई पदबाट हटायो

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई

हिरासबाट छुटेपछि शेखर गोल्छा लेख्छन् : अब काममा फर्किएँ

काठमाडौं– व्यवसायी शेखर गोल्छा काममा फर्किएका छन् । धितोपत्र र

अमेरिकी सेनाद्वारा हर्मुज जलडमरूमध्य खोल्ने प्रयास, इरानसँग तनाव बढ्दै

एजेन्सी– संयुक्त राज्य अमेरिकाले हर्मुज जलडमरूमध्य पुनः खुला गर्ने प्रयासका

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी हन्टिङ’

कामु प्रधान्यायाधीश मल्ल र प्रधान्यायाधीशमा सिफारिस शर्माको इजलास खाली

काठमाडौं- सर्वोच्च अदालतमा ३३ औँ प्रधानन्यायाधीश सिफारिस भएको भोलिपल्ट दुईजना