कोरोनाबारे भ्रामक समाचार लेख्ने ७० वटा अनलाइन बन्द | Khabarhub Khabarhub

कोरोनाबारे भ्रामक समाचार लेख्ने ७० वटा अनलाइन बन्द


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रेस काउन्सिल नेपालले कोरोना संक्रमणको विषयमा बिना तथ्य भ्रामक समाचार सम्प्रेषण गर्ने ७० वटा अनलाइनहरुलाई बन्द गरेको छ ।

काउन्सिलमा दर्ता नै नभएका ७० वटा अनलाइनलाई बन्द गरिनुका साथै अन्य केही प्रतिष्ठित सञ्चारसंस्थाहरुलाई स्पष्टीकरण मागेर सचेत तुल्याउने तथा ध्यानाकर्षण गराउने लगायतको कारबाही काउन्सिलले गरेको हो ।

गत चैत १० गतेदेखि जेठ ८ गतेसम्ममा कोरोना संक्रमणको विषयमा समाजमा अपवाह फैलाउने अनलाइनहरु बिना दर्ता तथा काउन्सिलको बिना अनुमति नै भेटिएपछि बन्द गरेको काउन्सिलले जनाएको छ ।

काउन्सिलका अनुसार नेपालभित्र प्रसारण तथा प्रकाशन बन्द गरिएका अनलाईनहरुले कोरोनाबाट मृत्यु भएको, कोरोना पोजेटिभ देखिएको, लकडाउन खुलेको लगायत भ्रामक समाचार सम्प्रेषण गरेको जनाएको छ ।

पत्रकार आचारसंहिता नै नबुझि समाजमा भ्रामक समाचार सम्प्रेषण गर्ने अनलाइनहरुको अनुगमन गरी काउन्सिलले कारबाही गरेको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले बताए ।

काउन्सिलले पत्रकार आचारसंहिता विपरित काम गर्ने ५९ वटा सञ्चारमाध्यमलाई स्पष्टीकरण, २२ वटालाई सचेत, ४० वटालाई निर्देशन, १४ वटालाई ध्यानाकर्षण र एउटालाई अन्तिम चेतावनी समेत दिएको जानकारी दिएको छ ।

कोरोना महामारी संक्रमणका विषयमा बिना तथ्य समाचार सामग्री सम्प्रेषण गर्ने विद्युतीय तथा छापामाध्यमहरुलाई कारबाहीको दायरामा ल्याउने कामलाई निरन्तरता दिइएको काउन्सिलका अध्यक्ष श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ८ : ५३ बजे

बङ्गलादेशमा विद्युत् व्यापारबाट एक अर्ब २५ करोड आम्दानी हुन्छः ऊर्जामन्त्री खड्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बङ्गलादेशसँगको विद्युत्

संघीय अनुदान घट्दा खुम्चियो गण्डकीको बजेट

पोखरा – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

खाडीमा ‘युद्ध विस्तार गर्ने’ प्रयासस्वरुप इजरायलले ग्यास क्षेत्रमा आक्रमण गर्‍यो : इरान

तेहरान– इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार खाडी तटमा रहेको प्रमुख

एक्सपेङ जी७ ले बनायो कीर्तिमान, ४६ मिनेटमै १० हजार अर्डर

काठमाडौं– एक्सपेङको नयाँ इलेक्ट्रिक एसयूभी-जी७ ले सार्वजनिक भएको ४६ मिनेटमै