लकडाउनमा घर फर्कन नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात | Khabarhub Khabarhub

लकडाउनमा घर फर्कन नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनको समयमा घर फर्कनका लागि खोटाङका स्थानीय बासिन्दाले नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात बनाएको खुलासा भएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाकी एक महिला नक्कली गर्भवती बनेर इटहरीबाट गाउँ आएको केही समय नबित्दै शनिबार साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका पाँच स्थानीय बासिन्दा आफन्तको मृत्यु भएको कागजात बनाएर तरहराबाट गाउँ आएको खुलेको हो ।

लकडाउनको समयमा व्यक्तिगत र पारिवारिक काम गर्न कतिपय अवस्थामा यात्रा गर्नैपर्ने अवस्था आउने भए पनि कतिपयले विभिन्न बहाना गर्दै शहरबाट गाउँ भित्रिने गरेको खुलेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

‘२० वर्षअघि मृत्यु भएका जगतबहादुर थापाका आफन्तले गत जेठ–८ गते मृत्यु भएको नक्कली कागजात तयार गरेर मृत्यु संस्कारका लागि भन्दै शनिबार साँझ गाउँ आएको खुलेको छ’, उनले भने, ‘नक्कली कागजातकै भरमा दिक्तेल आइपुगेका उनीहरुलाई प्रहरीले रोकेपछि जनप्रतिनिधिको आग्रहमा क्वारेन्टिनमा राख्ने गरी छाडिएको छ ।’

इलाका प्रहरी कार्यालय पोकली सुनसरीले उपलब्ध गराएको कागजातमा पनि जेठ ८ गते आफन्तको मृत्यु भएकाले मृत्यु संस्कारका लागि पास उपलब्ध गराइएको उल्लेख छ । दुई दशकअघि मृत्यु भएका वृद्धको अन्तिम संस्कारको कागजात बनाएर गाउँ आउनेमा थापा, चौहान, कार्की र कठायत थरका रहेका छन् ।

नक्कली मृतकको कागजात बनाएर आउँदै गरेका उनीहरुलाई खोटाङ प्रवेश गर्ने नाका जयरामघाटमा प्रहरीले छेकेको थियो तर उनीहरुले इलाका प्रहरी कार्यालय पोकलीबाट नाकामा बसेका प्रहरीलाई फोन गराएर जयराम पार गरेको खुलेको छ ।

नक्कली कागजात बनाएर गाउँ आएका उनीहरु पाँचै जनालाई शनिबार साँझदेखि नै दोर्पाचिउरी डाँडास्थित अन्नपूर्ण माविको क्वारेन्टिनमा राखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले बताए । ‘गाउँ भित्रिन गरिएको कडाइका बीचमा पनि विभिन्न बहानामा गाउँ प्रवेश गर्ने क्रम रोकिएको छैन’, उनले भने, ‘लुकीछिपी गाउँ प्रवेश गर्ने जोकोहीलाई अनिवार्यरुपमा १४ दिनसम्म स्थानीय क्वारेन्टिनमा राख्ने गरिएको छ ।’

एउटा टोलबाट अर्को टोल आवतजावत गर्नमा समेत रोक लगाइएको अवस्थामा बाहिरी जिल्लामा रहेका कतिपय व्यक्तिले पहुँचको भरमा समेत कागजात बनाएर आवतजावत गर्ने गरेको पाइएको छ । जिल्लामा एउटा कामका लागि प्रशासनबाट सवारी अनुमति लिएका सवारी साधन अर्कै काममा प्रयोग हुने गरेकोसमेत पाइएको छ ।

१० स्थानीय तह रहेको जिल्लामा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत सोमबार साँझ पिसिआर परीक्षण गर्ने क्रममा सङ्क्रमण पुष्टि भएका उनलाई उपचारका लागि मङ्गलबार साँझ एम्बुलेन्समार्फत विराटनगरस्थित कोरोना अस्पताल पठाइएको छ ।

जिल्लामै पहिलोपटक कोरोना सङ्क्रमित भेटिएसँगै उनका परिवारसहित ४३ जनाको स्वाब सङ्कलन गरेर परीक्षण गरिएको पिसिआरको रिपोर्ट नेगेटिभ आएको छ । काठमाडौँबाट गत वैशाख–१२ गते उद्धार गरेर ल्याइएका युवकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उक्त नगरपालिका अनिश्चितकालीन बन्द गरिएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  १० : १७ बजे

स्पेन भ्रमणबारे प्रधानमन्त्रीले भने- अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भयो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा

अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउन आवश्यक समन्वय गरिने

काठमाडौं– शहरी विकास मन्त्रालयले तयार गरेको शहरी विकास विधेयकको ड्राफ्टका

कोशी प्रदेशसभाबाट प्रतिस्थापन विधेयक पारित

विराटनगर– कोशी प्रदेशसभाबाट ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,

सरकार छाडेपछि रेशमले भेटे प्रधानमन्त्री, रञ्जिता प्रतिपक्षी बेन्चमा

काठमाडौं- नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धन सरकार छाडेपछि नागरिक

शहरी विकास विधेयकबारे उपप्रधानमन्त्री सिंह र भूमिव्यवस्था मन्त्रीबीच छलफल

काठमाडौं– शहरी विकास मन्त्रालयले तयार गरेको शहरी विकास विधेयकको ड्राफ्टका बारेमा