थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या ६७५ पुग्यो « Khabarhub

थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या ६७५ पुग्यो


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ । आज थप ७२ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६७५ पुगेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ३७ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा २ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ५ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ५ जना र प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा धनुषा नगराइन नगरपालिका– ३का ३०,३१ र ४५ वर्षका ३ जना पुरुष रहेका छन् ।

यस्तै कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४,५ र ६ का क्रमश १९, २० र २३ वर्षका ३ जना पुरुष रहेका छन् ।

यस्तै काठमाडौंको टोखा नगरपालिका वडा नम्र ३, ६ र बुढानिलकण्ठ नगरपालिका–३ का क्रमश २७, ४१ र ३७ वर्षका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बाराको कलैया नगरपालिका कोटवाली–१ का २५ र ३२ वर्षका पुरुष मा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सहप्रवक्ता डा अधिकारीका अनुसार रौतहटको राजपुर फरहदवा वडा नम्बर २,६,८ र इशनाथ–२ का क्रमश १८, १९, २२, २७, ३०, ३१, ३३, ३५, ३५, ३५, ३६, ३६, ३६, ३८, ४०, ४०, ४०, ४२, ४३, ४८,४८, ४८, ४९, ५०, ५१ र ५३ वर्षका पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालमा गरिएको परीक्षणमा सप्तरीका डाक्नेश्वरी गाउँपालिकाका २२ र ३४ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सहप्रवक्ता डा अधिकारीका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा वर्दियाको वासगढी–९ का २५ वर्षीय पुरुष र बाँकेको दुधवा गाँउपालिका–२ र राप्ती सोनारी गाउँपालिका– ७ का क्रमश १६, २३,२३ र २४ वर्षका तीनजना पुरुष रहेका छन् ।

यस्तै किटजन्य राग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा बारा गढीमाई नगरपालिकाका क्रमश १८,१८, १८, १८, १९, १९, २०, २०, २०, २४, २४, २५,२५,२५, २६, ३०, ३१, ३६, ३६, ४० र ५० वर्षका पुरुषहरु रहेका छन् ।

यस्तै भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु दैलेखको नारायण नगरपालिका र ढुंगेश्वर गाउँपालिकाका क्रमश १५, १८, २७ र २९ वर्षका ४ जना पुरुष र २५ वर्षीया एकजना महिला रहेकी छन ।

यस्तै प्रदेश अस्पताल सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतको प्रयोगशालामा पनि २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु दैलेखको गुराँस गाउँपालिकाका २४ र २५ वर्षका दुईजना पुरुष रहेका छन् ।

नयाँ संक्रमण पुष्टि भएका सबैजना स्वास्थ्यकर्कीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचना पढ्नुहोस्

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ११ : ०३ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन