स्थानीय तह सीमामा अलपत्रलाई उद्धार गर्दै « Khabarhub

स्थानीय तह सीमामा अलपत्रलाई उद्धार गर्दै


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्युठान- प्युठान जिल्लाका विभिन्न स्थानीय तहले बन्दाबन्दीका कारण अलपत्र व्यक्तिको उद्धार गरेका छन् ।

भारतका विभिन्न ठाउँबाट आएर सीमामा अलपत्र परेका नागरिकलाई उद्धार गरेर जिल्ला फर्काउने काम हुँदै आएको स्थानीय तहले जनाएका छन ।

प्युठानका नौ स्थानीय तहले प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा अलपत्र हालसम्म करीब दुई सय नागरिकलाई जिल्लामा ल्याएको सरुमारानी गाउँपालिका वडा नं २ का वडाध्यक्ष तथा दाङ र प्युठानको सिमानामा निर्माण गरिएको अस्थायी क्वारेन्टिन व्यवस्थापन समितिका सदस्य वसन्त जिसीले बताए ।

त्यसमध्ये गाउँपालिकामध्ये ऐरावतीका ४९२, मल्लरानीका ३०६, सरुमारानीका २४६ , माण्डवीका ३३०, नौबहिनीका २०, गौमुखीका ५८ र झिमरुकका २४७ तथा नगरपालिका स्वर्गद्वारीका १९५ र प्युठानका ४६३ जना गरी यही जेठ १ गतेदेखि हालसम्म दुई हजार ५६६ व्यक्ति जिल्लाका नौ स्थानीय तहमा आएका छन् । आज मात्रै जिल्लाका विभिन्न स्थानीय तहमार्फत तीन बस पठाइएको उनको भनाइ छ ।

सीमाबाट जिल्ला भित्रिएकालाई प्युठान र दाङको सिमाना सरुमारानी २ ददेरीमा व्यक्तिको पहिचान गरी सम्बन्धित स्थानीय तहमा पठाइएको छ । जिल्लाका नौ स्थानीय तहले भारतबाट नेपाल आएकालाई नाकामै सवारी साधन पठाएर ल्याएका छन् ।

उनीहरु सबैलाई सम्बन्ध्तित स्थानी तहले निर्माण गरेको क्वारेन्टिनमा राखिएको छ । क्वारेन्टिनमा बस्दै आएकालाई १४ दिन पुगेपछि आरडिटीमार्फत रिपोर्ट नेगेटिभ आएमा घर पठाउने गरिएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  २ : ५८ बजे

हर्मुज क्षेत्रमा तनावपछि ट्रम्पको प्रतिक्रिया : स्थिति नजिकबाट निगरानीमा

एजेन्सी– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तीनवटा अमेरिकी नौसेनाका ‘डेस्ट्रोयर’

साताको कार्टुन : हर्क राजनीति

यो कार्टुनले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र रास्वपाका

लक्ष्मीपुरमा कृषि तथा पोषण मेला

सिरहा– स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित लक्ष्मीपुरपतारीमा

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बिहान ११ बजे

अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण

काठमाडौं– अमेरिका र इरानबीच भएको एक महिनाअघि सम्पन्न युद्धविरामपछि फेरि