स्थानीय तह सीमामा अलपत्रलाई उद्धार गर्दै « Khabarhub

स्थानीय तह सीमामा अलपत्रलाई उद्धार गर्दै


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्युठान- प्युठान जिल्लाका विभिन्न स्थानीय तहले बन्दाबन्दीका कारण अलपत्र व्यक्तिको उद्धार गरेका छन् ।

भारतका विभिन्न ठाउँबाट आएर सीमामा अलपत्र परेका नागरिकलाई उद्धार गरेर जिल्ला फर्काउने काम हुँदै आएको स्थानीय तहले जनाएका छन ।

प्युठानका नौ स्थानीय तहले प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा अलपत्र हालसम्म करीब दुई सय नागरिकलाई जिल्लामा ल्याएको सरुमारानी गाउँपालिका वडा नं २ का वडाध्यक्ष तथा दाङ र प्युठानको सिमानामा निर्माण गरिएको अस्थायी क्वारेन्टिन व्यवस्थापन समितिका सदस्य वसन्त जिसीले बताए ।

त्यसमध्ये गाउँपालिकामध्ये ऐरावतीका ४९२, मल्लरानीका ३०६, सरुमारानीका २४६ , माण्डवीका ३३०, नौबहिनीका २०, गौमुखीका ५८ र झिमरुकका २४७ तथा नगरपालिका स्वर्गद्वारीका १९५ र प्युठानका ४६३ जना गरी यही जेठ १ गतेदेखि हालसम्म दुई हजार ५६६ व्यक्ति जिल्लाका नौ स्थानीय तहमा आएका छन् । आज मात्रै जिल्लाका विभिन्न स्थानीय तहमार्फत तीन बस पठाइएको उनको भनाइ छ ।

सीमाबाट जिल्ला भित्रिएकालाई प्युठान र दाङको सिमाना सरुमारानी २ ददेरीमा व्यक्तिको पहिचान गरी सम्बन्धित स्थानीय तहमा पठाइएको छ । जिल्लाका नौ स्थानीय तहले भारतबाट नेपाल आएकालाई नाकामै सवारी साधन पठाएर ल्याएका छन् ।

उनीहरु सबैलाई सम्बन्ध्तित स्थानी तहले निर्माण गरेको क्वारेन्टिनमा राखिएको छ । क्वारेन्टिनमा बस्दै आएकालाई १४ दिन पुगेपछि आरडिटीमार्फत रिपोर्ट नेगेटिभ आएमा घर पठाउने गरिएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  २ : ५८ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर