बजेट, एमसीसी परियोजनालगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दै « Khabarhub

बजेट, एमसीसी परियोजनालगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दै


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

बैठकमा भारतद्वारा अतिक्रमित भूमिसहितको नक्सा सार्वजनिक पछि उत्पन्न परिस्थिति, प्रतीकलगायत राष्ट्रिय चिन्ह परिवर्तनका लागि फास्ट ट्र्याकमार्फत संविधान संशोधनलगायतका विषयमा आज छलफल हुने एक मन्त्रीले बताए ।

बैठकमा सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट, एमसीसी परियोजनाका विषयमा पनि छलफल हुनेछ । त्यस्तै विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने विषयमा पनि छलफल हुने बुझिएको छ ।

यसअघिको मन्त्रिपरिषद बैठकले सरकारले सार्वजनिक गरेको नयाँ नक्सा कार्यान्वयनमा ल्याउन संविधान संशोधन गर्ने निर्णयसहित संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेको छ ।

बैठकलगत्तै प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साँझ ५ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक सकिए लगत्तै साढे ५ बजे नेपाल टेलिभिजनबाट प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ४ : १७ बजे

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ