कोरोना भाइरसको संक्रमणविरुद्ध युद्धस्तरमा काम गर्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

कोरोना भाइरसको संक्रमणविरुद्ध युद्धस्तरमा काम गर्न प्रधानमन्त्रीको निर्देशन


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि युद्धस्तरमा काम गर्ने बताएका छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारी रोक्नका लागि आवश्यक काम गर्ने र उचित काम गर्न नसक्ने जुनसुकै नेतृत्वलाई परिवर्तन गर्ने समेत जानकारी दिए ।

कुनै पनि विषयले कोरोनाविरुद्धको युद्धलाई कमजोर नपार्ने भन्दै उनले भने,‘मानिसको जीवन नै सबैभन्दा ठूलो कुरा हो ।’

उनले सरकारले निरोगी नेपाल अभियान थाल्ने समेत जानकारी दिए ।

प्रधानमन्त्री ओलीले स्थानीय तहलाई थप सक्षम बनाइने बताएका छन्। उनले स्वास्थ्य सेवा र राहत वितरणमा पनि स्थानीय तहलाई सक्षम बनाइने बताएका छन्।

मुलुकबाहिर रहेका नेपालीहरु घर फर्कने क्रम शुरु भएको भन्दै प्रधानमन्त्री ओलीले धेरै नेपाली रहेका मुलुकका सरकारप्रमुखसँग आफूले कुरा गरिरहेको समेत जानकारी दिए ।

उनले स्वदेश फर्कन चाहने नेपालीलाई तत्काल नेपाल ल्याउन आवश्यक आदेश सरकारले जारी गर्ने समेत बताएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ५ : ४५ बजे

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने