कूल जनसंख्याको कम्तिमा दुई प्रतिशतको कोरोना परीक्षण गर्छौंः प्रधानमन्त्री ओली « Khabarhub

कूल जनसंख्याको कम्तिमा दुई प्रतिशतको कोरोना परीक्षण गर्छौंः प्रधानमन्त्री ओली


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले देशको कुल जनसंख्याको कम्तिमा दुई प्रतिशत जनतामा कोरोना भाइरसको परीक्षण गरिने बताएका छन् ।

सोमबार साँझ देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एक मात्र प्रयोगशालाबाट शुरु भएको परीक्षण अब सातै प्रदेशमा २० भन्दा बढी प्रयोगशाला स्थापना गरी विस्तार गरिएको बताए ।

ओलीले क्वारेन्टीनको संख्या र गुणस्तर विकास गरिने भन्दै बन्द भएका होटल र खाली सार्वजनिक संरचनालाई क्वारेन्टीइनका रुपमा विकास गरिने जानकारी दिए । महामारी विरुद्धको लडाइ शुरुमा अलमल जस्तो भएपनि अहिले सही दिशामा रहेको र दक्षिण एशियामा नेपालको अवस्था सन्तोषजनक रहेको जिकिर गरे ।

प्रधानमन्त्री केपी ओलीले विदेशमा रहेका नेपाली नागरिकलाई सरकारले उद्दार गर्ने आश्वासन दिँदै विदेशमा रहेका नेपाली नागरिकप्रति सरकार संवेदनशील रहेको पनि बताए ।

उनले नेपालमा केही समय कोरोना संक्रमण देखिने भन्दै उनले समुदायस्तरमा कोरोना थप विस्तार हुन नदिन सरकारले उचित कदम चाल्ने बताए ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ७ : ०९ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द