कोरोनाको रिपोर्ट नआउँदै शव बुझाएकोमा नेसनल मेडिकललाई कारबाही गर्न सिफारिस « Khabarhub

कोरोनाको रिपोर्ट नआउँदै शव बुझाएकोमा नेसनल मेडिकललाई कारबाही गर्न सिफारिस


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रशासन कार्यालय पर्साले नेसनल मेडिकल कलेजलाई छानविन र कारवाही प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतमा बसेको कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको आजको बैठकले नेसनल मेडिकल कलेजलाई कारवाही प्रक्रिया अगाडी बढाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतका अनुसार नेसनल मेडिकल कलेजमा जेठ २ गते अस्पतालमा भर्ना गरिएका ७० वर्षीय पुरुषको जेठ ४ गते मृत्यु भएको थियो ।

सोही दिन अस्पताल उनको शव आफन्तलाई बुझाएको थियो । कोरोना परीक्षणको नतिजा नआउँदै मृतकको शव आफन्तलाई बुझाएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले घटनाको छानविन गरी कारवाही प्रक्रिया अगाडी बढाउने निर्णय गरेको हो ।

नेसनल मेडिकल कलेजमा श्वासप्रश्वासको समस्या लिएर ती पुरुषको जेठ ४ गते मृत्यु भएकै दिन शव आफन्तलाई बुझाएको थियो । ती पुरुषको थ्रोट स्वाब नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शंकास्पद आएपछि केन्द्रीय प्रयोगशालामा नमुना पठाएको थियो ।

उनको मृत्यु भएको ८ दिन पछि स्वास्थ्य मन्त्रालयले आज ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ७ : २२ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल