६ वटा महानगरको बजेट ३८ अर्ब ८१ करोड ५७ लाख ६६ हजार | Khabarhub Khabarhub

६ वटा महानगरको बजेट ३८ अर्ब ८१ करोड ५७ लाख ६६ हजार

काठमाडौँ र भरतपुरले बढाए अरूले घटाए


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय सरकारहरूले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट पेश गरेका छन् । देशका ६ वटा महानगरपालिका मध्ये २ वटाले चालु आर्थिक वर्ष २०७६/७७ को तुलनामा बजेट बढाएका छन् भने ४ वटाले घटाएका छन् ।

सबैभन्दा धरै बजेट काठमाडौँ महानगरको छ । सबैभन्दा कम विराटनगरको छ ।

चालु आर्थिक वर्षको तुलनामा काठमाडौँ र भरतपुर महानगरपालिकाले बजेट बढाएका छन् । महानगरपालिकाहरू ललितपुर, पोखरा, वीरगन्ज र विराटनगरले घटाएका छन् ।

सबैभन्दा बढी भरतपुर महानगरपालिकाले २३ दशमलव २२ प्रतिशत बजेट बढाएको छ भने सबैभन्दा बढी विराटनगर महानगरले ३४ दशमलव ०६ प्रतिशत घटाएको छ ।

आगामी आर्थिक वर्षका लागि काठमाडौँ महानगरपालिकाले १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गत वर्षको तुलनामा यो बजेट ५ दशमलव ९३ प्रतिशत बढी हो । चालु आर्थिक वर्षका लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट पेश भएको थियो ।

काठमाडौँले ९२ करोड ३ लाख १४ हजार रुपैयाँ बढाएको छ ।

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ४ अर्ब १५ करोड ६४ लाख रुपैयाँकोे बजेट पेस गरेको छ ।

यो बजेट चालु आर्थिक वर्षको भन्दा ७८ करोड ३२ लाख ८३ हजार रुपैयाँ अर्थात २३ ७ दशमलव २२ प्रतिशत बढी हो ।

पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा २३ दशमलव २२ प्रतिशत घटाएर आगामी आर्थिक वर्षका लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैयाँको बजेट पेश गरेको छ । चालु आर्थिक वर्षका लागि ७ अर्ब ५४ करोड रुपैयाँको बजेट पेश भएको थियो ।

पोखराले ८० करोड ८२ लाख २२ हजार रुपैयाँ घटाएको छ ।

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७९ करोड १५ लाख ६२ हजार ५१५ रुपैयाँको बजेट पेश गरेको छ । यो बजेट चालु आर्थिक वर्षको तुलनामा ९ दशमलव ८३ प्रतिशत अर्थात ५२ करोड २७ लाख ९४ हजार ४८५ रुपैयाँ कम हो ।

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ को लागि ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार ३३५ रुपैयाँको बजेट पेश गरेको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा १३ दशमलव ७४ प्रतिशत अर्थात ६१ करोड ६१ लाख ५८ लाख ५४४ रुपैयाँ कम हो ।

विराटनगर महानगरपालिकाले ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट पेश गरेको छ । यो बजेट चालु आर्थिक वर्षको तुलनामा ३४ दशमलव ०६ प्रतिशत अर्थात १ अर्ब ७४ करोड ४९ लाख ८० हजार रुपैयाँ कम हो ।

विराटनगरले चालु आर्थिक वर्षका लागि ५ अर्ब १२ करोड ३० लाख ९० हजार रुपैयाँको बजेट पेश गरेको थियो ।

कोरोना भाइरसको महामारी र लकडाउनका कारणले बजेटको आकार घटेको महानगरले जनाएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भएको लकडाउनका कारण चालु आर्थिक वर्षमा अनुमान गरेभन्दा ४८ दशमलव २७ प्रतिशत कम भई २ अर्ब १३ करोड ९२ लाख ८३ हजार ५९ रुपैयाँ आम्दानी भएको विराटनगरले जनाएको छ ।

लकडाउनकै कारण चालु आर्थिक वर्षमा १ अर्ब ७५ करोड २ लाख ५७ हजार ४४९ रुपैयाँ मात्रै खर्च हुन सक्यो ।

स्थानीय शासन सञ्चालन ऐन २०७४ मा स्थानीय तहले प्रत्येक वर्ष असार १० गतेभित्र आफ्नो सभामा बजेट पेश गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  १० : ०२ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र