टीकापुरको बजेटमा ‘हाम्री छोरी, प्यारी छोरी’ « Khabarhub

टीकापुरको बजेटमा ‘हाम्री छोरी, प्यारी छोरी’


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लम्की – कैलालीको टीकापुर नगरपालिकाले आगामी वर्षका लागि रु ७१ करोड १४ लाख ५६ हजार ५० बजेट विनियोजन गरेको छ । बजेटमा ‘हाम्री छोरी, प्यारी छोरी’जस्ता विगतका कार्यक्रमलाई निरन्तरता दिएको छ भने स्वास्थ्य एवं विकास निर्माणमा नयाँ कार्यक्रम अगाडि सारेको छ ।

नगरपालिकाले विनियोजित बजेटमध्ये चालुतर्फ रु ४५ करोड २४ लाख ११ हजार ७४९ तथा पूँजीगततर्फ रु २५ करोड ८३ लाख ४४ हजार ३०० विनियोजन गरेको छ ।

गरपालिकाले कोभिड–१९ को सङ्क्रमण रोकथाम एवं उद्धारका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । सातौँ नगरसभामा आगामीका लागि विनियोजन गरिएको बजेट प्रस्तुत गर्दै उपप्रमुख केशरी रावल विष्टले कोरोना भाइरस सङ्क्रमणका लागि ५० लाख बजेट विनियोजन गरिएको जानकारी दिए ।

नगरपालिकाले विशेषज्ञ सेवा, निःशुल्क रगत, एम्बुलेन्स, आमासँग उपप्रमुख जस्ता कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ । टीकापुर अस्पतालमा विशेषज्ञ तथा एनआइसीयु सेवा सञ्चालनका लागि ५० लाख ४० हजार, निःशुल्क रगत तथा सुत्केरीलाई घरदेखि अस्पतालसम्म सेवाका लागि रु दुई लाख बजेट विनियोजन गरेको छ ।

आमासँग उपप्रमुख कार्यक्रमका लागि १० लाख, नमूना स्वास्थ्य चौकी र पोषणमैत्री वडा कार्यालयका लागि १० लाख, आयुर्वेद स्वास्थ्य कार्यक्रमका लागि ३२ लाख बजेट विनियोजन गरेको छ । यी कार्यक्रमसहित स्वास्थ्य क्षेत्रको विकासका लागि रु चार करोड ७८ लाख ९३ हजार ३६ विनियोजन गरेको छ ।

त्यस्तै, बालविवाह न्यूनीकरण गर्न ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमलाई निरन्तरता दिन रु पाँच लाख विनियोजन भएको छ । छाउपडी गोठमुक्त नगरपालिका घोषणा, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाको क्षमता विकास तथा अपाङ्गता भएकाको परिचयपत्र वितरणका लागि रु ५० हजार बजेट विनियोजन गरेको छ ।

‘एक वडा, एक गौरव’को सडक योजनाअन्तर्गत सडक कालोपत्रेका लागि रु सात करोड २० लाख बजेट विनियोजन गरिएको छ । दातृ निकायबाट सञ्चालन हुने साझेदारीका आयोजना कार्यान्वयनका लागि रु १० करोड २६ लाख ४९ हजार, सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न रु दुई करोड १४ लाख ९८ हजार, मुक्तकमैयाका आवास निर्माणका लागि रु ६० लाख बजेट विनियोजन गरेको छ ।

आधुनिक शवदाह निर्माणका लागि रु ३० लाख, मेयर प्राविधिक शिक्षा छात्रवृत्तिका लागि रु ११ लाख, उपप्रमुख अनाथ, असहाय छात्रवृत्तिका लागि रु १० लाख, मेयर उपप्रमुख कप खेलकूद कार्यक्रमका लागि रु १५ लाख, निःशुल्क पाठ्यपुस्तक वितरणका लागि रु ६९ लाख, दिवा खाजा कार्यक्रमका लागि रु एक करोड ४६ लाख ५८ हजार बजेटको व्यवस्था गरिएको छ ।

त्यस्तै, बालविकास शिक्षिकालाई थप प्रोत्साहनका लागि रु १६ लाख ३२ हजार, सेनेटरी प्याड खरिदका लागि रु ५२ लाखसहित शिक्षा क्षेत्रमा २२ करोड ३९ लाख ५२ हजार ७०० विनियोजन गरिएको छ । छालाको जुत्ता उत्पादन प्रवद्र्धन कार्यक्रम रु चार लाख, बडघरको क्षमता विकासका लागि रु एक लाख ५० हजार बजेट रहेको छ ।

नगरपालिकाले कृषितर्फ रु एक करोड १२ लाख ७६ हजार ७०० रकम विनियोजन गरेको छ । पशु सेवातर्फ कृत्रिम गर्भाधान, भैँसीका साना व्यावसायिक कृषि उत्पादन केन्द्र विकास, विभिन्न घाँस खेती, विभिन्न प्रजातिका चल्ला उत्पादन गरी रु एक करोड ६९ लाख २८ हजार १०० रकम विजियोजन गरेको छ ।

पर्यटन प्रवद्र्धन गर्न रु २१ लाख ५० हजार रकम विनियोजन गरेको छ । नगरसभाले दुईवटा विधेयक पारित गरेको छ । उपप्रमुख विष्टले प्रस्तुत गरेको आर्थिक विधेयक २०७७ र विनियोजन विधेयक २०७७ मा बहुमत देखिएपछि सभाध्यक्ष तपेन्द्रबहादुर रावलले पारित भएको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ९ : ४५ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि