आज दिनभर हल्का वर्षा हुने « Khabarhub

आज दिनभर हल्का वर्षा हुने


११ असार २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा आज भारी वर्षाको सम्भावना रहेको मौसमविद् सविना शाक्यले जानकारी दिइन । उनले भनिन्, ‘बाँकी स्थानमा सामान्यतया हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।’

प्रदेश १, २, सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ । दिउँसो देशभर बदली रही सबै प्रदेशका धेरै जसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै प्रदेश १, २, ५, वाग्मती , गण्डकी तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  १२ : ५३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको