विप्लव समूहका सुनसरी जिल्ला इञ्चार्ज राई पेस्तोलसहित पक्राउ « Khabarhub

विप्लव समूहका सुनसरी जिल्ला इञ्चार्ज राई पेस्तोलसहित पक्राउ


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी-  प्रतिबन्धित विप्लव समूहका सुनसरी जिल्ला इञ्चार्ज रोशन राईलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई धरानबाट हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धनकुटाको शहिदभुमी गाउँपालिका–६ घर भएका २७ बर्षीय राईलाई बुधबार राति धरान १५ बाट प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्याल धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार उनलाई विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका राई नेकपा विप्लव समूहको जिल्ला इञ्चार्जको जिम्मेवारीमा भएको पनि डिएसपी बस्नेतले बताए ।

बुधबार पक्राउ परेका राईलाई आज (बिहिबार) बिहान सोधपुछ गर्ने क्रममा उनको मोटरसाइकलको सिटमुनी प्लाष्टिकभित्र लुकाएको अवस्थामा हतियार र गोली समेत बरामद भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको सिटमुनि मेडि इन युएसए लेखिएको अटोमेटिक पेस्तोल एक थान वरामद भएको छ भने एक थान म्याग्जिन र त्यसमा लोड भएको ३ राउण्ड गोली पनि वरामद भएको उनले बताए ।

साथै, २ थान मोवाइल र ६ थान सिम पनि वरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राईलाई हातहतियार खरखजना मुद्दामा अनुसन्धानका लागि म्याद थप भई अनुसन्धान जारी रहेको डिएसपी बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ५ : २४ बजे

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ