मानसिक तनावका कारण आत्महत्या बढ्यो « Khabarhub

मानसिक तनावका कारण आत्महत्या बढ्यो


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दीको समयमा नेपालमा दुई हजार २१८ जनाले आत्महत्या गरेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार चैत ११ देखि साउन ४ गतेसम्म बन्दाबन्दीको समयमा मात्र विभिन्न तवरबाट उक्त व्यक्तिले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेमध्ये पुरुष एक हजार १७२, महिला ८११, बालक ९४ र बालिका १४१ रहेका छन् ।

प्रहरीका अनुसार झुण्डिएर सबैभन्दा धेरै व्यक्तिले आत्महत्या गरेका छन् । झुण्डिएर एक हजार ८२८, विष खाएर ३४६, हाम फालेर १९, डुबेर १२, हातहतियारबाट आठ, आगो लगाएर चार र करेन्ट लगाएर एकजनाले आत्महत्या गरेका छन् ।
प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाही आत्महत्याको मुख्य कारण मानसिक तनाव भएको बताउँछन् ।

उनले भने, ‘प्रहरीले बढ्दो आत्महत्याको दर रोक्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभाग एवम् मनोपरामर्श दिने विभिन्न सङ्घ संस्थासँग समन्वय गरी आत्महत्या रोकथाम तथा न्यूनीकरणका काम गरिरहेको छ ।’

यस्तै, प्रहरीले आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम सन्चालन, समुदाय प्रहरी साझेदारी अवधारणाअन्तर्गत आत्महत्या गर्नसक्ने लक्षित वर्गको पहिचान गरी आत्महत्या न्यूनीकरणसम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन, नेपाल प्रहरीको सामाजिक सञ्जालमा आत्महत्या न्यूनीकरणका लागि सचेतनामुलक सामग्री सम्प्रेषण गरी आत्महत्याका घटनाको सूक्ष्म अनुसन्धान गरेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  २ : १० बजे

एनपीएल फाइनल भिडन्त भोलि : आम्नेसाम्ने हुँदै राष्ट्रिय टिमका कप्तान र उपकप्तान

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को फाइनल

धादिङमा सबस्टेसन निर्माण : हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्या हट्दै

काठमाडौं– भनिन्छ नि एउटा उद्योगले कम्तीमा १० वटा विकासको बाटो

नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण

त्रिवेणी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ३३ वटा पुल

निर्वाचन आउन ८३ दिन बाँकीः समावेशी प्रतिनिधित्व गराउन समिति बन्यो

काठमाडौं – निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया

आजका लागि विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर उच्च बिन्दुमा

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय