जनता आवास कार्यक्रम : ४८६ घर निर्माण « Khabarhub

जनता आवास कार्यक्रम : ४८६ घर निर्माण


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- जनता आवास कार्यक्रमअन्तर्गत सुदुपश्चिम प्रदेशका तीन जिल्लामा घर नभएर त्रिपालमुनि बस्दै आइरहेका ४८६ घरपरिवारले नयाँ घर पाएका छन् ।

सङ्घीय सरकारले जनता आवास कार्यक्रमअन्तर्गत घर नभएर त्रिपालमुनि बस्दै आइरहेका अति विपन्न र पिछडिएका वर्ग तथा दलित समुदायका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरिदिएको हो ।

भवन डिभिजन कार्यालय बैतडीमार्फत आर्थिक वर्ष २०७६/७७ मा रु १० करोड तीन लाखको लागतमा बैतडी, दार्चुला र बझाङमा ४८६ घर निर्माण गरिएका हुन् ।

तीमध्ये बैतडीमा २८५, दार्चुलामा १०१ र बझाङमा १०० घर निर्माण भएको भवन डिभिजन कार्यालय बैतडीका लेखा अधिकृत प्रेमराज अवस्थीले बताए ।

उनका अनुसार सो घर निर्माणका लागि बैतडीमा रु पाँच करोड सात लाख चार हजार, दार्चुलामा रु एक करोड ५५ लाख र बझाङमा रु दुई करोड पाँच लाख छ हजार खर्च भएका छन् ।

निर्माण भएका सबै घर भूकम्प प्रतिरोधी रहेका कार्यालयले जनाएको छ । चालू आवमा थप घर निर्माण हुने भएका छन् ।

गरिब घरपरिवार खुशी

जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण भएपछि गरिब तथा विपन्न घरपरिवार खुशी भएका छन् । वर्षौँदेखि त्रिपालमुनि बस्दै आएका घरपरिवार नयाँ घर पाउँदा खुसी भएका हुन् ।

पञ्चेश्वर गाउँपालिकाका– ४ का गम्भीर टमाटाले सरकारले जनता आवास कार्यक्रमले घर बनाइदिएपछि खुशी भएको बताए । वर्षौँदेखि त्रिपालमुनि बस्दै आइरहेको भए पनि हाल छानामुनि बस्न पाउँदा निकै खुशी लागेको उनले बताए ।

उनले भने, “घर बनाइदियो सरकारलाई धेरैधेरै धन्यवाद छ । त्रिपालमुनि बस्दै आइरहेका थियौँ, अब ढुक्क ले छानामुनि बस्न पाइएको छ ।”

घर पाउँदा बर्खामा ढुक्कले छानामुनि बस्न पाएको पञ्चेश्वरकै सकुन्तला कोलीले बताइन । “पानी पर्दा सधैँ चिन्ता हुने गरेको थियो”, उनले भनिन, “अब बर्खा होस् कि हिउँद ढुक्कसँग बसिन्छ ।”

सरकारले मुक्त हलियालाई पनि घर बनाइ दिएकाले भवन डिभिजन कार्यालयबाट जनता आवस कार्यक्रमअन्तर्गत घर निर्माण गर्दा दोहोरो हुन नदिन स्थानीय तहको सिफारिसमा जनता आवासका घर निर्माण भएको भवन डिभिजन कार्यालय बैतडीले जनाएको छ ।

अधिकांश ठाउँमा दोहोरा सुविधा लिएको र घर हुनेले पनि जनता आवासको घर पाएको गुनासो आएपछि यो वर्ष स्थलगत निरीक्षण गरेर स्थानीय तहको सिफारिस अनिवार्य गरेर मात्र घर निर्माण भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  २ : ४८ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार