भारतमा एकैदिन ४९ हजार जनामा संक्रमण पुष्टि « Khabarhub

भारतमा एकैदिन ४९ हजार जनामा संक्रमण पुष्टि


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतमा कोरोना संक्रमितको संख्या शनिबारसम्म १३ लाख ३६ हजार आठ सय ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४८ हजार नौ सय १६ जनामा कोरोना पुष्टि भएको भारतको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ ।

संक्रमितको संख्या बढे पनि निको हुने पनि धेरै छन् । आठ लाख ४९ हजार चार सय ३१ जना निको भइसकेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमित भने चार लाख ५६ हजार ७१ जना छन् ।

हालसम्म भारतमा संक्रमणबाट ३१ हजार तीन सय ५८ जनाले ज्यान गुमाएका छन् ।

भारतको महाराष्ट्र राज्य संक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ तीन लाख ५७ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी तमिलनाडुमा एक लाख ९९ हजार सात सय ४९ र दिल्ली राज्यमा एक लाख २८ हजार तीन सय ८९ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ३ : ४४ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा