आज काठमाडौं उपत्यकामा थपिए ३ कोरोना संक्रमित  « Khabarhub

आज काठमाडौं उपत्यकामा थपिए ३ कोरोना संक्रमित 


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्यकाका थप ३ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार काठमाडौँका २ र ललितपुरका १ जनामा कोरोना पुष्टि भएको हो। पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाठडौँका १ र ललितपुरका १, स्टार अस्पताल सानेपामा काठमाडौँका १ जनामा कोरोना पुष्टि भएको हो।

यसँगै नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना १३ हजार ५३ जना संक्रमित निको भएर घर फर्केका छन्। नेपालमा अहिलेसम्म ४५ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ४ : ५१ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित