अमेरिकामा २४ घण्टामा ४० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

अमेरिकामा २४ घण्टामा ४० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा एकै दिन ४० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा शनिबारदेखि सोमबारसम्म संक्रमितको संख्यामा केही कमी देखिए पनि मंगलबार फेरि संक्रमित बढेका छन् ।

शनिबार ४८ हजार ५१७ जनामा संक्रमण देखिएकोमा आइतबार ४३ हजार ६१२ जना र सोमबार ३२ हजार ७१८ जनामा संक्रमण देखिएकोमा मंगलबार ४० हजार ५६५ जनामा संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा झण्डै ८ हजारले बढी हो ।

अमेरिकामा अहिलेसम्म कोरोना संक्रमित संख्या ५९ लाख १४ हजार ७११ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ३२ लाख १६ हजार ६५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख १७ हजार ५४९ जनामध्ये १६ हजार ६१८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ८१ हजार ९७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४९३ जनाको मृत्यु भएसँगै मृतक संख्या १ लाख ८१ हजार नाघेको हो ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ६ : ४५ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।