भैरहवाको भीम अस्पतालमा कोरोना संक्रमित एक बिरामीको मृत्यु « Khabarhub

भैरहवाको भीम अस्पतालमा कोरोना संक्रमित एक बिरामीको मृत्यु


९ भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीको भैरहवास्थित भीम अस्पताल कोरोना संक्रमित एक बिरामीको मृत्यु भएको छ ।

रुपन्देहीको गैडहावा–३ का ५० वर्षीय एक पुरुषलाई सोमबार साँझ ५ बजेतिर भीम अस्पताल पुर्‍याएको थियो । अस्पताल पुगेको ३ घण्टापछि उनलाई भर्ना लिएकोमा राति नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनलाई भदौ ५ गते कोरोना पोजेटिभ देखिएको थियो । घर बनाउने मिस्त्रीको काम गर्ने ती पुरुष छतबाट लडेर टाउकोमा चोट लागेका कारण उपचारका लागि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेज गएका थिए । त्यहाँ कोरोना जाँच गर्दा पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ आएपछि मेडिकल कलेजले उनलाई भीम अस्पताल पठाएको थियो ।

उनका दाजुले अस्पतालले उपचार गर्न ढिलो गरेका कारण भाइको मृत्यु भएको भन्दै गुनासो गरेका छन् । उनले भने, ‘समयमै भर्ना लिएर आइसियुमा उपचार गरेको भए भाइ बाँच्ने थियो ।’ अस्पतालमा ५ बटा आइसियु बेड भए पनि जनशक्ति अभाव रहेको अस्पतालले जनाएको पनि उनले बताए ।

भीम अस्पतालमा कोरोना संक्रमित ९८ जनाको सफल उपचार भएको र मृत्युको घटना पहिलो भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  १० : ४३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको