वस्ती स्थानान्तरण नहुँदै पहिराको जोखिममा नयाँवस्ती | Khabarhub Khabarhub

वस्ती स्थानान्तरण नहुँदै पहिराको जोखिममा नयाँवस्ती


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा- वर्षातसँगै हरेक वर्ष आउने पहिरोका कारण मानवीय र भौतिक क्षति व्यहोर्दै आएको रोल्पामा यसवर्ष पनि प्रकोपले जनधनको क्षति हुने क्रम रोकिएन ।

वर्षातसँगै आएको पहिराका कारण सुनछहरी गाउँपालिका­१ मा निर्माण गर्न थालिएको वस्ती विकास कार्यक्रम स्थानान्तरण हुनअघि नै प्रभावित भएको छ ।

सुनछहरी गाउँपालिका­ १ फुलिवन पहिराको उच्च जोखिममा रहेको भन्दै अघिल्लो वर्ष वस्ती स्थानान्तरण थालिएको थियो । चालिस घरधुरी रहेको सो गाउँ नै पहिराको उच्च जोखिममा रहेपछि प्रदेश सरकारले वस्ती स्थान्तरणका लागि १५ करोड बजेट विनियोजन गरेको थियो ।

सोही वडाको बाछेधारा र झम्कीधारामा नयाँ वस्ती विकासको काम थालनी भएको थियो । केही दिनअघि आएको अविरल वर्षाका कारण सो नयाँवस्तीमा समेत पहिराको जोखिम देखिन थालेपछि स्थानीयहरु चिन्तित देखिएका छन् ।

पुरानो वस्ती पहिराको अत्यधिक जोखिममा रहेपछि नयाँ स्थान छनोट गरी वस्ती स्थानान्तरणका लागि भवन निर्माण कार्य भइरहँदा नयाँवस्ती तलबाट आएको पहिराले तीन घरमा क्षति पुर्‍याएको गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले जानकारी दिए ।

लामो समयदेखि पहिराको जोखिम व्यहोर्दै आएका स्थानीयवासीको सुरक्षित वसोवासका लागि नयाँ वस्ती छनोट गरी वस्ती विकास कार्यक्रम सञ्चालन भइरहेको बेला सो ठाउँ पनि पहिरोको जोखिममा देखिन थालेको देख्दा चिन्ता लागेको अध्यक्ष पुन बताउँछन् ।

प्रदेश सरकारले ४० घरधुरीको लागि नयाँवस्ती विकास थालेको थियो । नयाँवस्ती विकासका लागि प्रतिघर तीन लाख ५० हजारका दरले घर निर्माणका लागि बजेट उपलब्ध गराएको छ । यसका साथै प्राथमिक तहको विद्यालय, खानेपानी, सडक, सामुदायिक भवन, विद्युत् तथा तटबन्धसमेतको काम गरिने गाउँपालिकाले जनाएको छ ।

व्यक्तिगत घर निर्माणका लागि प्रदेश सरकारले सम्बन्धित घरधुरीकै बैंक खातामा बजेट उपलब्ध गराएको थियो भने विद्यालय, सामुदायिक भवन, सडक, खानेपानी, विद्युत् र तटबन्धनका लागि बोलपत्र प्रक्रियाद्वारा निर्माण कार्य भइरहेको बताइएको छ । अघिल्लो आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको सो योजना कोभिड­-१९ का कारण प्रभावित भएको थियो । चालु आर्थिक वर्षमा योजना सम्पन्न गर्ने गरी म्याद थप गरिएको छ ।

जिल्लाका गङ्गादेव गाउँपालिका र माडी गाउँपालिकामा यसवर्ष गएको पहिराका कारण छ जना घाइते भएका थिए । पहिरोले दर्जन बढी घरमा क्षति पुग्नुका साथै पशुपंछी समेत मरेका थिए । अघिल्लो वर्ष थवाङ र सुनछहरी गाउँपालिकामा आएको पहिरामा परी छ जनाको मृत्यु हुनुका साथै ठूलोमात्रामा भौतिक सम्पत्तिको क्षति भएको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  १२ : ११ बजे

देउमाई : एमालेको गढमा घण्टीको आवाज

इलाम-  उपनिर्वाचनको मतगणनामा निराशाजनक स्थितिमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौँ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै

समितिको निष्कर्ष : दुर्गा प्रसाईंको हतियार इजाजत दिन मिल्ने खालको होइन

काठमाडौं- गृह मन्त्रालयले गठन गरेको हतियारको इजाजत तथा नवीकरण सम्बन्धी

‘बोक्सीको घर’ ले तीन दिनमा कति कमायो ?

काठमाडौं–  अभिनेत्री केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ ले सुरुवाती तीन

बागमती प्रदेशसभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान

हेटौँडा– बागमती प्रदेशसभा सचिवालयले यही वैशाख २१ गते दिउँसो १