वस्ती स्थानान्तरण नहुँदै पहिराको जोखिममा नयाँवस्ती « Khabarhub

वस्ती स्थानान्तरण नहुँदै पहिराको जोखिममा नयाँवस्ती


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा- वर्षातसँगै हरेक वर्ष आउने पहिरोका कारण मानवीय र भौतिक क्षति व्यहोर्दै आएको रोल्पामा यसवर्ष पनि प्रकोपले जनधनको क्षति हुने क्रम रोकिएन ।

वर्षातसँगै आएको पहिराका कारण सुनछहरी गाउँपालिका­१ मा निर्माण गर्न थालिएको वस्ती विकास कार्यक्रम स्थानान्तरण हुनअघि नै प्रभावित भएको छ ।

सुनछहरी गाउँपालिका­ १ फुलिवन पहिराको उच्च जोखिममा रहेको भन्दै अघिल्लो वर्ष वस्ती स्थानान्तरण थालिएको थियो । चालिस घरधुरी रहेको सो गाउँ नै पहिराको उच्च जोखिममा रहेपछि प्रदेश सरकारले वस्ती स्थान्तरणका लागि १५ करोड बजेट विनियोजन गरेको थियो ।

सोही वडाको बाछेधारा र झम्कीधारामा नयाँ वस्ती विकासको काम थालनी भएको थियो । केही दिनअघि आएको अविरल वर्षाका कारण सो नयाँवस्तीमा समेत पहिराको जोखिम देखिन थालेपछि स्थानीयहरु चिन्तित देखिएका छन् ।

पुरानो वस्ती पहिराको अत्यधिक जोखिममा रहेपछि नयाँ स्थान छनोट गरी वस्ती स्थानान्तरणका लागि भवन निर्माण कार्य भइरहँदा नयाँवस्ती तलबाट आएको पहिराले तीन घरमा क्षति पुर्‍याएको गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले जानकारी दिए ।

लामो समयदेखि पहिराको जोखिम व्यहोर्दै आएका स्थानीयवासीको सुरक्षित वसोवासका लागि नयाँ वस्ती छनोट गरी वस्ती विकास कार्यक्रम सञ्चालन भइरहेको बेला सो ठाउँ पनि पहिरोको जोखिममा देखिन थालेको देख्दा चिन्ता लागेको अध्यक्ष पुन बताउँछन् ।

प्रदेश सरकारले ४० घरधुरीको लागि नयाँवस्ती विकास थालेको थियो । नयाँवस्ती विकासका लागि प्रतिघर तीन लाख ५० हजारका दरले घर निर्माणका लागि बजेट उपलब्ध गराएको छ । यसका साथै प्राथमिक तहको विद्यालय, खानेपानी, सडक, सामुदायिक भवन, विद्युत् तथा तटबन्धसमेतको काम गरिने गाउँपालिकाले जनाएको छ ।

व्यक्तिगत घर निर्माणका लागि प्रदेश सरकारले सम्बन्धित घरधुरीकै बैंक खातामा बजेट उपलब्ध गराएको थियो भने विद्यालय, सामुदायिक भवन, सडक, खानेपानी, विद्युत् र तटबन्धनका लागि बोलपत्र प्रक्रियाद्वारा निर्माण कार्य भइरहेको बताइएको छ । अघिल्लो आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको सो योजना कोभिड­-१९ का कारण प्रभावित भएको थियो । चालु आर्थिक वर्षमा योजना सम्पन्न गर्ने गरी म्याद थप गरिएको छ ।

जिल्लाका गङ्गादेव गाउँपालिका र माडी गाउँपालिकामा यसवर्ष गएको पहिराका कारण छ जना घाइते भएका थिए । पहिरोले दर्जन बढी घरमा क्षति पुग्नुका साथै पशुपंछी समेत मरेका थिए । अघिल्लो वर्ष थवाङ र सुनछहरी गाउँपालिकामा आएको पहिरामा परी छ जनाको मृत्यु हुनुका साथै ठूलोमात्रामा भौतिक सम्पत्तिको क्षति भएको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  १२ : ११ बजे

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका

इन्डोनेसियाले ७५० सरकारी कम्पनी बन्द गर्ने

जकार्ता- इन्डोनेसियाले घाटामा रहेका र उत्पादकत्व न्यून भएका ७५० भन्दा

मन्त्री मेहतासँग युएनएफपिएका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या

‘विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँ’

सुदूरपश्चिम– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतमा कम विकास भएका

अब कर्मचारीले वैदेशिक भ्रमण गर्नुपूर्व प्रधानमन्त्री कार्यालयको स्वीकृति लिनुपर्ने

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई