ओली-दाहाल छलफल सकियो, भदौ १३ गतेलाई बोलाइयो सचिवालय बैठक « Khabarhub

ओली-दाहाल छलफल सकियो, भदौ १३ गतेलाई बोलाइयो सचिवालय बैठक


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचकको छलफल सकिएको छ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेकपाका अध्यक्षद्वयबीच करीब दुई घण्टा छलफल भएको थियो।

नेकपाभित्रको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफलका लागि ओली र दाहालको मंगलबारको भेट तय भएको थियो।

छलफलमा दुवै अध्यक्षबीच आउँदो शनिबार, १३ भदौमा केन्द्रीय सचिवालयको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

थापाका अनुसार, नेकपाभित्रको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदन बैठकको प्रमुख एजेण्डा हुनेछ।

नेकपामा मध्य असारदेखि तीव्र बनेको शक्ति संघर्षले पार्टीलाई नै फुटको संघारमा पुर्‍याएको थियो। संघर्ष चर्कंदा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नुपर्ने दबाब बढेको थियो।

शक्ति संघर्ष मत्थर पार्न अनेक चरणमा भएका भेट र छलफलपछि अध्यक्षद्वय ओली र दाहाल कार्यदल गठन गर्न सहमत भएका थिए। ओली, दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका दुई-दुई जना सहभागी कार्यदलले शनिबार, ६ भदौमा अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  १२ : ५८ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने