नुवाकोटमा थपियो सात दिन निषेधाज्ञा « Khabarhub

नुवाकोटमा थपियो सात दिन निषेधाज्ञा


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- कोभिड–१९ सङ्क्रमण समुदायस्तरमा फैलिएसंँगै भाइरसको नियन्त्रण र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज फेरि थप सात दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।

आज बसेको बैठकले जिल्लाको जोखिम देखिएका स्थान र विभिन्न नगरपालिका र गाउँपालिकाकामा कोभिड–१९ सङ्क्रमण समुदाय र बस्तीमा फैलिएपछि नागरिकको सुरक्षा र भाइरस नियन्त्रण गर्ने उद्देश्यका साथ आज १२ बजेदेखि राति थप निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरिएको हो । प्रजिअ ढकालले लिखु गाउँपालिका– ४, ५ र ६, तादी गाउँपालिका–३ र ५ , बेलकोटगढी नगरपालिका–५, ७, ८, १२ र १३ , ककनी गाउँपालिका–१, २, ४ र ६, शिवपुरी गाउँपालिका–६, ७ र ८ तथा तारकेश्वर गाउँपालिका–२, ४ र ५ का सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको बताए ।

जिल्लाका अन्य भूभाग र विदुर नगरपालिकामा भने निषेधाज्ञा जारी नगरिए पनि तोकिएअनुसारका नियम पालन गर्नुपर्ने जनाइएको छ । नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण यात्रुवाहक सार्वजनिक यातायात र निजी सवारी साधनमा रोक लगाइनाका साथै मानिसको भीडभाड र जमघट हुन नदिई अत्यावश्यक सेवा मात्र सञ्चालन गरिने बताए ।

उनका अनुसार अत्यावश्यक सेवा खाद्यान्न, तरकारी, दूध र दुग्धजन्य वस्तु, फलफूल तथा माछामासुका पसल बिहान ६ देखि ९ बजेसम्म र साँझ ४देखि ७ बजेसम्म मात्र सञ्चालन गरिने छ ।

जिल्लाका औषधि पसल, स्वास्थ्य संस्था तथा एम्बुलेन्स सेवा २४ सै घण्टा र कपडा तथा फेन्सी पसल बिहान ११ देखि अपराह्न ३ बजेसम्म मात्र सञ्चालन गर्न पाइने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज भट्टले जानकारी दिए ।

बैंक तथा वित्तीय संस्था र सहकारी संस्था भने बिहान ११ देखि अपराह्न २ बजेसम्म मात्र सञ्चालन गर्न पाइन्छ । उद्योग, कलकारखाना तथा विकासनिर्माणका काम स्थानीयस्तरमा उपलब्ध सीमित सङ्ख्यामा कामदार परिचालन गरी सञ्चालन गर्न सकिने छ ।

बैठकले जिल्लाका होटेल तथा रेष्टुरेण्ट, चियापसल, खाजापसल, मठमन्दिर, गुम्बा र खेलकूद, जिमखाना, ब्युटिपार्लर र शैलुनलगायत सञ्चालन गर्न नपाउने पनि निर्णय गरेको जिप्रकाले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ७ : २५ बजे

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट

खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू

काठमाडौं– जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली