नुवाकोटमा थपियो सात दिन निषेधाज्ञा « Khabarhub

नुवाकोटमा थपियो सात दिन निषेधाज्ञा


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- कोभिड–१९ सङ्क्रमण समुदायस्तरमा फैलिएसंँगै भाइरसको नियन्त्रण र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज फेरि थप सात दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।

आज बसेको बैठकले जिल्लाको जोखिम देखिएका स्थान र विभिन्न नगरपालिका र गाउँपालिकाकामा कोभिड–१९ सङ्क्रमण समुदाय र बस्तीमा फैलिएपछि नागरिकको सुरक्षा र भाइरस नियन्त्रण गर्ने उद्देश्यका साथ आज १२ बजेदेखि राति थप निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरिएको हो । प्रजिअ ढकालले लिखु गाउँपालिका– ४, ५ र ६, तादी गाउँपालिका–३ र ५ , बेलकोटगढी नगरपालिका–५, ७, ८, १२ र १३ , ककनी गाउँपालिका–१, २, ४ र ६, शिवपुरी गाउँपालिका–६, ७ र ८ तथा तारकेश्वर गाउँपालिका–२, ४ र ५ का सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको बताए ।

जिल्लाका अन्य भूभाग र विदुर नगरपालिकामा भने निषेधाज्ञा जारी नगरिए पनि तोकिएअनुसारका नियम पालन गर्नुपर्ने जनाइएको छ । नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण यात्रुवाहक सार्वजनिक यातायात र निजी सवारी साधनमा रोक लगाइनाका साथै मानिसको भीडभाड र जमघट हुन नदिई अत्यावश्यक सेवा मात्र सञ्चालन गरिने बताए ।

उनका अनुसार अत्यावश्यक सेवा खाद्यान्न, तरकारी, दूध र दुग्धजन्य वस्तु, फलफूल तथा माछामासुका पसल बिहान ६ देखि ९ बजेसम्म र साँझ ४देखि ७ बजेसम्म मात्र सञ्चालन गरिने छ ।

जिल्लाका औषधि पसल, स्वास्थ्य संस्था तथा एम्बुलेन्स सेवा २४ सै घण्टा र कपडा तथा फेन्सी पसल बिहान ११ देखि अपराह्न ३ बजेसम्म मात्र सञ्चालन गर्न पाइने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज भट्टले जानकारी दिए ।

बैंक तथा वित्तीय संस्था र सहकारी संस्था भने बिहान ११ देखि अपराह्न २ बजेसम्म मात्र सञ्चालन गर्न पाइन्छ । उद्योग, कलकारखाना तथा विकासनिर्माणका काम स्थानीयस्तरमा उपलब्ध सीमित सङ्ख्यामा कामदार परिचालन गरी सञ्चालन गर्न सकिने छ ।

बैठकले जिल्लाका होटेल तथा रेष्टुरेण्ट, चियापसल, खाजापसल, मठमन्दिर, गुम्बा र खेलकूद, जिमखाना, ब्युटिपार्लर र शैलुनलगायत सञ्चालन गर्न नपाउने पनि निर्णय गरेको जिप्रकाले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ७ : २५ बजे

कञ्चनपुर-कमला सडक विस्तार : पाँच वर्षमा ६९ प्रतिशत प्रगति

सिरहा– नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तार

गाजामा स्वास्थ्य सेवा बन्द गर्न इजरायली सेनाको आदेश

एजेन्सी– सयुक्त राट्रसङघीय एजेन्सि युएनआरडब्लुएद्वारा संचालित स्वास्थ्य केन्द्रमा इजरायली सेनाले

गगन थापा पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक

टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

महेन्द्रनगर– जनकपुरधामका फरक दुई स्थानमा टिपरको ठक्करबाट भएका दुर्घटनामा एक

मध्य जाडोमै स्विमसुटमा प्रियंकाको हट तस्बिर

काठमाडौं – जाडो मौसमको मध्यमा नायिका प्रियंका कार्कीले स्विमसुटमा हट