विप्लव समूहका केन्द्रीय सदस्य चन्द पुनः पक्राउ « Khabarhub

विप्लव समूहका केन्द्रीय सदस्य चन्द पुनः पक्राउ


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रम चन्द नेतृत्व समूहका केन्द्रीय सदस्य तथा मध्यपश्चिम इन्चार्ज चन्द्रबहादुर चन्द साधारण तारेखमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन ।

हातहतियार तथा साङ्गठानिक अपराधलगायत चार मुद्दामा पक्राउ परेका चन्दलाई जिल्ला अदालत भोजपुरले रु ६० हजार धरौटीमा रिहा गर्ने फैसला गरे पनि धरौटी तिर्न नसकेपछि कारागार चलान गरिएको थियो ।

सर्वोच्च अदालतमा गैरकानुनी रुपमा कारागार चलान भएको भनी बन्दिप्रत्यक्षीकरणको रिट निवेदन परेपछि न्यायाधीश दीपक कार्की र प्रकाशमान सिंह राउतको आदेशमा बिनाधरौटी आज रिहा गरिएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।

भोजपुरबाट रिहा हुनेबितिकै चन्दविरुद्ध संखुवासभा जिल्लामा पनि हातहतियार तथा साङ्गठनिक अपराधसम्बन्धी नै मुद्दा रहेकाले पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । चन्दलाई गत साउन १५ गते काभ्रेपलाञ्चोकबाट नियन्त्रणमा लिएर भोजपुर ल्याइएको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ८ : ३५ बजे

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्