विप्लव समूहका केन्द्रीय सदस्य चन्द पुनः पक्राउ | Khabarhub Khabarhub

विप्लव समूहका केन्द्रीय सदस्य चन्द पुनः पक्राउ


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रम चन्द नेतृत्व समूहका केन्द्रीय सदस्य तथा मध्यपश्चिम इन्चार्ज चन्द्रबहादुर चन्द साधारण तारेखमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन ।

हातहतियार तथा साङ्गठानिक अपराधलगायत चार मुद्दामा पक्राउ परेका चन्दलाई जिल्ला अदालत भोजपुरले रु ६० हजार धरौटीमा रिहा गर्ने फैसला गरे पनि धरौटी तिर्न नसकेपछि कारागार चलान गरिएको थियो ।

सर्वोच्च अदालतमा गैरकानुनी रुपमा कारागार चलान भएको भनी बन्दिप्रत्यक्षीकरणको रिट निवेदन परेपछि न्यायाधीश दीपक कार्की र प्रकाशमान सिंह राउतको आदेशमा बिनाधरौटी आज रिहा गरिएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।

भोजपुरबाट रिहा हुनेबितिकै चन्दविरुद्ध संखुवासभा जिल्लामा पनि हातहतियार तथा साङ्गठनिक अपराधसम्बन्धी नै मुद्दा रहेकाले पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । चन्दलाई गत साउन १५ गते काभ्रेपलाञ्चोकबाट नियन्त्रणमा लिएर भोजपुर ल्याइएको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ८ : ३५ बजे

घरेलु कार्यालय भोजपुरद्वारा ‘डिजिटल’ भुक्तानी सेवा थालनी

भोजपुर– भोजपुरमा घरेलु उद्योग कार्यालयले डिजिटल भुक्तानी सेवा सुरु गरेको

इलाका प्रहरी कार्यालय दमकलाई सवारी साधन सहयोग

झापा– गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताको प्रदर्शनका

महिलालाई रोजगारी दिएका उद्योगलाई विशेष सहुलियत

काठमाडौं– कम्तीमा पनि १०० महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग

यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र वेस्ट इन्डिज भिडन्त : ऐतिहासिक टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट