श्रीमानले कुटे भन्दै पूनम पाण्डेले गुहारिन प्रहरी « Khabarhub

श्रीमानले कुटे भन्दै पूनम पाण्डेले गुहारिन प्रहरी


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री पूनम पाण्डेले केही दिन अघिमात्र गुपचुप तवरले आफ्ना प्रेमी सैम बम्बेसँग विवाह गरेकी थिइन् । तर अहिले दुबैबीच विवाद भएको सार्वजनिक भएको छ ।

पूनमले विवाह घोषणा गरेको लगभग २ सातापछि उनका श्रीमान सैम बम्बेविरुद्ध मुद्धा दर्ता गराएकी छन् । पूनमका अनुसार सैमले उनीमाथि कुटपिट गरेका छन् । विवाहको यति चाडैं दुबैबीच भएको विवादले पूनमका फ्यानहरु आक्रोशित बनेका छन् ।

पूनम पाण्डेको उजुरीपछि सैमलाई गोवाबाट गिरफ्तार गरिएको छ । अहिलेसम्म पूनमले लगाएको आरोप साबित भएको छैन ।

३६ वर्षीय सैम बम्बे एड फिल्म निर्माता हुन् । उनले अक्षय कुमार, रणबीर कपूर, दीपिका पादुकोण, जैकलीन फर्नान्डिज, तमन्नाह भाटिया, अल्लू अर्जुन र अन्य चर्चित फिल्मस्टार्ससँगको प्रोजेक्टमा काम गरीसकेका छन् । सैमले ओप्पो, स्पार्कस्, अमेजन जस्ता प्रसिद्ध ब्राण्डका विज्ञापन निर्देशन गरिसकेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  १ : ५७ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६