दाउन्नेमा पहिरोले बस पुर्दा एकको मृत्यु, सात जना घाइते « Khabarhub

दाउन्नेमा पहिरोले बस पुर्दा एकको मृत्यु, सात जना घाइते


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा खसेको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ ।

उक्त पहिरोमा परी अन्य ७ जना घाइते भएका छन् । बिहीबार साँझ विनयी त्रिवेणी गाउँपालिका-२ विश्वकर्मा बाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोले ना ५ ख ७९४० नम्बरको बस पुरेको थियो ।

लेदोसहित खसेको पहिरोले बस पुरिँदा घाइते भएकामध्ये रुकुम पश्चिम आठबीसकोठ गाउँपालिकाका २५ वर्षीय हरिषचन्द केसीको मृत्यु भएको हो । उनको बिहीबार राति उपचारका क्रममा चितवनमा रहेको पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार घाइतेमध्ये ४ जनाको मेडिकल कलेज भरतपुर र अन्यको जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ ।

पहिरोले अवरुद्ध भएको सडक २४ घण्टापछि शुक्रबार बिहान ४ बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ८ : २५ बजे

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको