आजदेखि खुल्यो मौसम | Khabarhub Khabarhub

आजदेखि खुल्यो मौसम


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा आज बिहानैदेखि मौसम खुलेको छ ।

आजदेखि पानी कम पर्दै जाने पनि मौसमविद्ले बताएका छन् । हिजो र अस्ति देशभरि नै झरी पारेको प्रणाली कमजोर हुँदै गएकाले आजदेखि पानी कम पर्दै जाने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

केही स्थानमा भने ठूलो पानी पर्ने सम्भवना रहेको उनले बताए । मौसमविद पौडेलका अनुसार प्रदेश १ र २ का थोरै तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक/दुई ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ ।

अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । तर हिजो अस्तिको जस्तो लगातार झरीको सम्भावना नरहेको उनको भनाई छ । महाशाखाका अनुसार सुदूरपश्चिमबाट मौसम खुल्दै गएको छ ।

तर देशभरिकै मौसम पूर्णरुपमा खुल्न भने समय लाग्नेछ । आज दिउँसो एकैछिन घाम लागे पनि फेरि बादल लाग्न सक्छ । भोलिदेखि भने मौसम खुल्दै जानेछ । यो प्रणाली हटेपछि बिस्तारै मनसुन सकिने र चिसो बढ्दै जानेछ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ९ : १० बजे

हालको अवस्थामा चुनावको विकल्प छैन : हितबहादुर तामाङ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री

कर्णाली प्रदेशसभा भवन पुनर्निर्माण गर्न मुख्यमन्त्रीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशसभा भवन पुनर्निर्माण

चीनसँग गरिने सम्झौताका लागि ताइवानको साथ छाडिन्न : विदेशमन्त्री रुबियो

जेरुसलेम- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चीनसँग गरिने सम्झौताका लागि ताइवानको

सरकार, राजनीतिक दल र ‘जेन-जी’ प्रतिनिधिबीच छलफल हुँदै

काठमाडौं– निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल