तनहुँका आधुनिक घाँसी | Khabarhub Khabarhub

तनहुँका आधुनिक घाँसी



तनहुँ- उहिले तनहुँका एक जना घाँसीले दिएको अर्तीले भानुभक्त आचार्य आदिकवि बने । संस्कृत भाषाको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरेर प्रसिद्ध भए ।

त्यही तनहुँमा आजकाल अर्का एकजना घाँसी छन् बलदेव खनाल । सय रोपनीभन्दा बढी जमिनमा छ उनको घाँसखेती । घाँस बेचेर उनी एकै वर्षमा २० लाख रुपैयाँ कमाउन थालेका छन् ।

शरीरमा जाँगर र मनमा इच्छाशक्ति भए थोरै लगानीबाट पनि प्रशस्त आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पनि भएका छन् म्याग्दे गाउँपालिका-१, गुणादीका ७२ वर्षीय बलदेव ।

हाइब्रिड घाँसको ७ वटा बिरुवाबाट उनको घाँसखेती सुरु भएको थियो । पछिल्लो समयमा रोजगारीका लागि विदेशिएका युवाहरू पनि स्वदेश फर्किएर पशुपालनतर्फ आकर्षित भइरहँदा उनको घाँस व्यापार फस्टाउँदै गएको छ ।

गाईभैँसी र बाख्रापालनदेखि टर्कीजस्ता पन्छीपालन र माछापालनका लागि पनि घाँस अनिवार्य छ । बलदेवले व्यावसायिक पशुपालनमा लागेकाहरूलाई घाँसको बेर्ना आपूर्ति गर्ने गरेका छन् ।

यसरी फेरियो जीवन

बलदेव गाईपालक किसान हुन् । गाईपालन गर्नुअघि परम्परागत तरिकाले भैँसी पाल्थे र तरकारीखेती गर्थे । परम्परागत खेती किसानीबाट जीविकोपार्जन गर्न मुश्किल हुन थाल्यो । लामो समयदेखि सामान्य तरिकाले खेतीकिसानी गरी गर्र्दै आएका बलदेवलाई जिल्ला पशु कार्यालय तनहुँका प्राविधिकले दिएको सुझाव वरदान सावित भयो ।

पशुपालन गर्न सबैभन्दा धेरै आवश्यक पर्ने भनेकै घाँस हो । पशु प्राविधिकहरूले किसानलाई घाँस उत्पादन गर्नमा जोड दिन्छन् । २०५४ सालको कुरा हो, पशु सेवा कार्यालयका पशु प्राविधिक रेवत साहले प्रशस्त मात्रामा घाँस उत्पादन गरी पशुपालन गर्न बलदेवलाई सुझाए ।

संयोग पनि त्यस्तै मिल्यो । उनले पोखरा गएर घाँसको तालिम लिने मौका पाए । उनले २०५४ सालको जेठमा क्षेत्रीय पशुसेवा तालिम केन्द्र पोखराबाट एक हप्ते पशुआहार उत्पादनसम्बन्धी तालिम लिए ।

यसबाट घाँस उत्पादनतर्फ आकर्षित भएका बलदेवले अहिले घाँस बिक्रीबाट मात्रै बर्सेनि २० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेका छन् ।

पहिलोपटक पोखराको घाँस तालिमबाट फर्किंदा बलदेव घाँसका ७ वटा बेर्ना बोकेर आए । हाइब्रिड घाँसको तिनै बेर्नाबाट सुरु भएको उनको व्यवसाय ७० रोपनीमा फैलियो ।

बलदेवले आफ्ना गाईवस्तुका लागि मात्रै घाँस उत्पादन गरेनन् । उनले घाँसको विरुवा बिक्री गर्न थाले । घाँसबाट मनग्गे आम्दानी हुन थालेपछि उनले थप जग्गा लिजमा लिएर घाँस उत्पादन बढाउँदै लगे । अहिले एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा घाँस लगाएका छन् ।

तराईसम्म घाँस व्यापार

बलदेवको नर्सरीमा हाइब्रिड जातका घाँस सुपर नेपियर, मुलाँतो, सुब्बा सेटेरिया, सियोफोर, पास पालम, बलामे तथा बडहर, खनियो, कोइरालो, बकाइनो, टाँकी, चिउरी लगायतको डाले घाँसको बेर्ना तयार हुन्छ । उनी धेरैजसो वहुवर्षे घाँसको बेर्ना तयार गर्ने गर्छन् ।

प्रारम्भिक चरणमा वार्षिक ५ देखि ७ लाख रुपैयाँको घाँस बिक्री गरेका बलदेव अहिले वार्षिक २० लाखभन्दा बढीको घाँस बेच्छन् । उनी अहिले आफ्नै गाडीमा मागअनुसारका घाँसका बेर्ना किसानको घरसम्मै पु¥याइदिने गर्छन् । तनहुँ जिल्लामा मात्र होइन, छिमेकी जिल्ला हुँदै तराईका जिल्लाहरूमा पनि उनकै नर्सरीबाट घाँसको बेर्ना पुग्ने गरेको छ ।

दुई वटा कोरली बाछीबाट गाईपालन

घाँसको तालिम लिएकै वर्ष बलदेवले गाईका दुई वटा कोरली बाच्छी ल्याए । तिनै कोरली हुर्काउँदै दुई चार वर्षमा गाईपालन व्यवसाय फस्टाउँदै गयो ।

तिनै २ वटा कोरलीबाट बढ्दै अहिले बलदेवको गोठमा २१ वटा गाई छन् । उनी अहिले दैनिक कम्तीमा ६० लिटर दूध बेच्छन् । गाईपालनले उनी जिल्लामा सफल पशुपालन व्यवसायीका रूपमा चिनिए । उनले गाईलाई कृत्रिम गर्भाधान गराउँछन् । यसो गर्दा उन्नत जातको बाच्छी जन्मिने र दूध उत्पादन बढी हुने उनको भनाइ छ ।

बलदेवका तीन छोरा र बुहारी सबै शिक्षित छन् । व्यवसायमा परिवारका सबै सदस्यको साथ छ ।

उन्नत जातको घाँस उत्पादन गरेर पशुपालन व्यवसाय गर्ने किसानहरू सफल हुने बलदेवको अनुभव छ । पशुपालनमा युवा आकर्षण बढ्दै जाँदा घाँस बिक्री राम्रो हुन हुन थालेपछि बलदेवको सिको अन्यत्र पनि हुन थालेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ११ : ३९ बजे

निजी कारबाट १३३ किलो गाँजा बरामद, झाडीमा गाडी छाडेर भागे चालक

रौतहट– रौतहटको मध्यभाग गरुडास्थित प्रहरीले ब्रेजा कारभित्रबाट ठुलो परिमाणमा लागूऔषध

हेलिकप्टरबाट काठमाडौँ पठाइएका शिशुको उपचारका क्रममा मृत्यु

खोटाङ– जिल्ला अस्पतालमा जन्मिएका शिशुको काठमाडौँमा लगेर उपचार गर्ने क्रममा

जंगल क्षेत्रले ओगट्यो कुल भूमिको ४६.८ प्रतिशत, नक्सा सार्वजनिक

काठमाडौंं– राष्ट्रपति रामचन्द्र पौडेलले नेसनल ल्याण्ड कभर म्याप २०२०-२०२२ राष्ट्रिय

काठमाडौंका विद्यालयमा सटर हटाउने अभियान : अधिकांश बन्द, केही स्टे अर्डरले रोकिए

काठमाडौं– काठमाडौं महानगरपालिकाले विद्यालय परिसरमा सञ्चालित अनधिकृत सटर हटाउने अभियान

आयोनले ल्यायो ‘द एक्स्ट्राअर्डिनरी अफर’, ८ लाख सम्मको छुट पाइने

काठमाडौं– आयोनले ‘द एक्स्ट्राअर्डिनरी अफर’ नामक प्रोमोशनल अफर सार्वजनिक गरेको