होम आइसोलेसनमा बस्ने बढे | Khabarhub Khabarhub

होम आइसोलेसनमा बस्ने बढे


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- पछिल्लो समय जिल्लामा होम आइसोलेसनमा बस्ने संख्यामा वृद्धि आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार यहाँको हाल कोरोना सक्रिय संक्रमित ९४३ रहेका छन् । त्यसमध्ये ६२६ होम आइसोलेसनमा बसेका छन् । बाँकी ३१७ जना संस्थागत आइसोलेसनमा बसेका छन् ।

कार्यालयमा प्रमुख दीपक तिवारीका अनुसार होम आइसोलेसनमा बस्ने मानिस इमान्दार भए अस्पतालमा जस्तै घरमा पनि सुरक्षित हुने भएकाले होम क्वारेन्टिन प्रभावकारी देखिएको हो ।

“लक्षण नभएकाहरु अस्पतालको आइसोलेसनमा बस्न उपयुक्त ठान्न छाडे”, उनले भने, “घरमा बसेपछि खानापाना पनि राम्रो हुने र छिटो निको हुने भएकाले पनि संख्यामा वृद्धि भएको हो । छुटै बस्न भौतिक संरचना नभएकाहरु संस्थागत आइसोलेसनमा बस्नुभएको छ ।” यससँगै जिल्लामा सञ्चालनमा रहेका क्वारेन्टिन पनि विस्तारै खाली हुँदै गएको छ ।

लक्षण नभएका संक्रमित अस्पताल जाँदा शय्याको अभावमा जटिल बिरामीको उपचारमा समस्या आउने भएकाले पनि होम आइसोलेसनमा बस्न सरकारको निर्देशन छ । लक्षण देखिएका कोरोना संक्रमित अस्पताल जानुपर्ने सरकारको मापदण्ड निर्धारण गरेकाले पनि होम आइसोलेसनमा बस्नेको संख्यामा वृद्धि हुँदै गएको प्रमुख तिवारी बताउँछन् ।

होम आइसोलेसनमा बसेर कोरोना संक्रमणमुक्त महिलाका अनुसार होम आइसोलेसनमा बस्दा केही कठिन भए पनि परिवारको सहयोगले प्रभावकारी बन्छ । घरमै परिवारबाट छुट्टै बसरे गुर्जो, बेसारपानी र स्वासस्प्रस्वाससम्बन्धी व्यायाम गरे छिट्टै कोरोनालाई परास्त गर्न सकिन्छ ।

हाल होम आइसोलेसनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा ४४९ जना बसेका छन् । रत्नननगरमा ६५, खैरहनीमा ५६, राप्तीमा २५, कालिकामा २१, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा पाँच/पाँच जना छन् । चितवनमा अहिलेसम्म एक हजार ६७७ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमध्ये पुरुष ९९३ र महिला ६८४ छन् ।

त्यसमध्ये ७१५ कोरोना निको भई घर फर्किएका छन् भने १८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  १० : २२ बजे

पशुपति क्षेत्रमा बालाचतुर्दशीको तयारी सुरु

काठमाडौं– विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी

‘एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन’

गुल्मी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरूले आफ्नो पार्टी चुनावविरोधी नभएको

दलहरूबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?

काठमाडौं– जेन-जी आन्दोलनपछिको राजनीति परिस्थिति र आमनिर्वाचन घोषणा भएसँगै पछिल्लो

जेन-जी युवाहरूको माग पुरा गर्नुपर्छ : एमाले उपाध्यक्ष बराल

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले संसद् पुनर्स्थापना गरि जेन-जी

जेन-जी आन्दोलनमा भएको दमनको जिम्मा ओलीले लिनुपर्छ : भीम रावल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले जेन–जी आन्दोलनको