मौसममा क्रमिक सुधार, पूर्वी नेपालमा वर्षा « Khabarhub

मौसममा क्रमिक सुधार, पूर्वी नेपालमा वर्षा


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकामा आज बिहानैदेखि मौसम केही सफा देखिए पनि नेपालको पूर्र्वी क्षेत्रमा भने अहिले पनि पूर्ण बदली कै अवस्था रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ र २ मा पूर्ण बदलीसहित धेरै ठाउँमा वर्षा भइरहेको छ । ठाउँठाउँमा सामान्यदेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षासमेत भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन ।

“काठमाडौँमा केही खुलेको देखिन्छ, तर पूर्ण मौसम सफा भने भएको छैन”, कँडेलले भनिन्, “रातिसम्म बदलीको अवस्था छ, आजदेखि नै मौसममा केही सुधार देखिएको र शनिबारदेखि भने विस्तारै मौसममा थप सुधार हुँदै जान्छ ।”

उनका अनुसार मौसम सुधार भए पनि छिटफुट बदली र केही स्थानमा वर्षा भने कायमै रहने छ र शनिबारपछि भने लगातारको झरी नहुने कँडेलले बताइन ।

यसअघि तीन दिन मुलुकको अधिकांश क्षेत्रमा मौसम पूर्ण बदली भई धेरै स्थानमा वर्षा भएको थियो । मुख्यगरी प्रदेश १ देखि ५ सम्म बढी वर्षा भएको जल तथा मौसम विभागले जनाएको छ । यसपालि कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने कम वर्षा भएको छ ।

हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्यून चापीय क्षेत्र रहेको छ । साथै यो न्यून चापीय क्षेत्र उत्तरपूर्व सर्दैछ । आज राति देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, २ र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

शनिबार प्रदेश १, २, वाग्मती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली रही केही स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । वर्षाका कारण बाढी र पहिरो जाँदा पछिल्लो तीन दिनमा १५ जनाभन्दा बढीको ज्यान गएको छ भने केही बेपत्ता भएका छन् । उनीहरुको खोजी जारी रहेको जनाइएको छ ।

यो वर्ष मुलुकका विभिन्न क्षेत्रमा विपद्मा परेर ३९१ जनाको ज्यान गएको छ भने ११० जना अझै बेपत्ता छन् । सबैभन्दा बढी पहिरोले मात्रै २८७ जनाको ज्यान लिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ५ : ०८ बजे

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’

शेखरको दाबी : विशेष महाधिवेशनमा नगएर कांग्रेसलाई फुट्नबाट जोगाएँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको एकता जोगाउन